Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

‘सिप मेला का प्रशिक्षार्थीलाई एक हप्ताभित्र प्रमाण पत्रसँगै परामर्श पनि !


काठमाडौँ । विश्व श्रमिक दिवस २०८१ (वैशाख १९) को अवसर पारेर काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सुरु गरेको ‘सिप मेला २०८१’ आज सकिएको छ । २०८१ सालको शुभारम्भसँगै २०८१ जनालाई सिपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्य राखेर तालिम सुरु गरिएको थियो । मेलामा १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भए । यसमध्ये स्क्रिन प्रिन्टिङ् विधामा आवेदकको संख्या न्यून भएकोले तालिम सञ्चालन गरिएन । ग्राफिक्स डिजाइनिङ्का लागि हाइ कन्फिगरेसनका कम्प्युटर आवश्यक पर्ने भएकोले यसलाई कम्प्युटर ल्याबमा प्रशिक्षण सञ्चालन गर्ने गरी टुँडिखेलमा तालिम गराइएन । यस्तै केही पेशाहरु मिश्रित कक्षा चलाएर अवधि बढाइयो । जेष्ठ २० गते तालिम कक्षा समापन हुने समयमा ९ वटा विधाका २७ पेशासँग सम्बन्धित तालिम थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम लिनुभएको छ ।

तालिम समापन गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । यो सफलताले सिपयुक्त जनशक्तिका लागि बजारमा जोडिने अवसर प्राप्त भएको छ । मेलाबाट तालिम पाएका व्यक्तिलाई स्वरोजगार र रोजगारको गन्तव्यमा लैजाने अबको कामले हाम्रो प्रयासको वास्तविक नतिजा देखाउँछ ।’‘अप्रमाणित दक्ष, प्रमाणित दक्ष, अप्रमाणित अर्धदक्ष तथा अदक्ष र प्रमाणित अर्धदक्ष तथा अदक्ष जनशक्तिको व्यावसायिक सिप परीक्षण, स्तर र योग्यताका लागि महानगरपालिकाले नियमित काम गर्नेछ ।’ उपप्रमुख डंगोलको भनाइ थियो ।

‘तपाईँहरु के चाहनुहुन्छ? आवश्यकता पठाउनोस् । हामी महानगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर कार्यक्रम निर्माण गर्छौँ ।’ सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, ‘सकारात्मक सोच निर्माण गरौँ । सम्भावना हामीभित्रै छ । आफैँभित्र भएका सम्भावनालाई जीविकोपार्जनमा रुपान्तरण गर्न हामी सहयोग गर्नेछौँ ।’

प्रशिक्षण समाप्त गर्ने प्रशिक्षार्थीहरुलाईलाई स्वरोजार र रोजगार क्षेत्रमा जोडिने परामर्शसहित आउँदो १ हप्ताभित्र प्रमाण पत्र प्रदान गर्ने कार्यक्रम रहेको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । यस्तै सामाजिक विकास विभागकी प्रमुख बिमला कोइरालाले, महानगरपालिकाबाट समृद्धिको यात्रा सुरु भएको उल्लेख गर्नुभयो ।

सिपमेलाका लागि महानगरपालिकाले नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपीटीइएन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल उद्योग परिसंघ, सिप्रदी, ग्लोकल, सीसीटिभी स्टेशन एण्ड स्मार्ट होम, सीभी मिडिया स्कील्स र नेपाल इलेक्ट्रोनिक टेक्निसियन एण्ड रिसर्च सेन्टरसहितका संघसंस्थासँग साझेदारी गरेको थियो । कार्यक्रममा साझेदार संघसंस्थाकातर्फबाट बोल्दै एफपीटीइएनका अध्यक्ष अच्युत नेपालले भन्नुभयो, ‘लामो समय एउटै तालिमका लागि अल्झिनु पर्ने विगतको झन्झटिलो पाठ््यक्रममा सुधार गरेर महानगरपालिकाले छोटो र प्रयोगात्मक तालिमको ढाँचा स्थापित गरेको छ । यसको विकास, विस्तार र प्रवर्धन गर्न हामी नियमित सहकार्य गर्न तत्पर छौँ ।’

तालिम प्राप्त प्रशिक्षार्थीकातर्फ डिजिटल मार्केटिङ्गका प्रशिक्षार्थी अशोक न्यौपानेले भन्नुभयो, ‘निराश युवाहरुलाई महानगरपालिकाले आफैँभित्रको सम्भावना देखाउने कार्यक्रम आयोजना गरेको महसुस गरेका छौँ । अहिले प्रदान गरिएका तालिमलाई बढाउँदै लैजाने अवसर पाए धेरै युवाहरु सिपयुक्त जनशक्तिमा रुपान्तरित हुन सक्ने थिए ।’


प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?