Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

महासंघको ऎतिहासिक प्रथम महाधिवेशन काठमाडौमा हुने


काठमाडौ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन २०८१ असार ११, १२ र १३ काठमाडौमा हुने भएको छ । “संगठित, प्रशिक्षित र समुन्नत समाज निमार्ण अभियान संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन” भन्ने मुल नाराका साथ सम्पन्न हुने महाधिवेशनको उदघाटन समारोह नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।

नेपाल आदिवासी जनजाति संघ २०५५ सालमा स्थापना भएतापनी अहिले सम्म महाधिवेशन हुने सकेको थिएन । महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न अध्यक्ष घर्तीमगरको संयोजकत्वमा केन्द्रीय सदस्यहरु, जातीय संघका अध्यक्षहरु, महासंघका प्रदेश अध्यक्षहरु र काठमाडौ, भक्तपुर र ललितपुरका महसंघका अध्यक्षहरु रहेको १०१ सदस्यीय महाधिवेशन मुल व्यवस्थापन समिति गठन भएको छ । महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । प्रचार प्रसार उपसमिति संयोजक केन्द्रीय सदस्य , पासाङ शेर्पा, आर्थिक उपसमिति संयोजक मनमोहन छन्त्याल, स्वयम सेवक परिवालन उपसमिति संयोजक नेपाल तामाङ संघ सभापति रामकृष्ण लामा, अतिथि सत्कार उपसमिति संयोजक केन्द्रीय सदस्य ,केशाङमु शेर्पा आवास तथा भोजन व्यावस्थापन उपसमिति केन्द्रीय सदस्य संयोजक, टोपबहादुर थापामगर, मञ्च व्यावस्थापन उपसमिति–केन्द्रीय सदस्य संयोजक – मदनलाल श्रेष्ठ, सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक नेपाल तमु संघ, अध्यक्ष भुवनसिंह गुरुङ र प्रतिनिधि दर्ता उपसमिति संयोजक केन्द्रीय सदस्य, रेनुका काउचा मगर रहेका छन् ।

महासंघले आदिवासी समुदायलाई नेपाली कांग्रेस संग जोड्न “आज अभियान” अन्तर्गत देशव्यापी संगठन विस्तार र प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियोे । “आज अभियान” ले आदिवासी समुदायमा उर्जा दिनुका साथै महासंघको १७ बुदे घोषणा पत्र मार्फत संगठनको धारणालाई वडा तह सम्म पुर्याएको थियोे । माउ पार्टी नेपाली कांग्रेसले महाधिवेशन गर्न दिएको समय सिमा असार १५ सम्म रहेकोले समय सिमामा नै महाधिवेशन सम्पन्न गर्न लागेको अध्यक्ष घर्तिमगरले बताए ।


प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?