Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

जब ‘जुत्ता नभएका खुट्टा’ खाेज्न पुगे पूर्व प्रशासक…


काठमाडाैं । हक्की प्रशासककाे छवि बनाएका पूर्व प्रशासक तथा प्रशासन विज्ञ खड्गबहादुर श्रेष्ठकाे पहलमा विपन्न बिद्यार्थीहरूलाइ शैक्षिक सामग्री वितरण गरिएकाे छ । उनका अनुसार चन्द्रागिरी नगरपालिका ६ मातातिर्थ स्थीत श्री महाँलक्ष्मी आधारभूत विद्यालयका अति बिपन्न ३५ जना छात्र-छात्रालाई शैक्षिक सामग्री वितरण गरिएकाे हाे ।

गरिबिको कारण बिद्यालयले तोकेको छालाको जुत्ता लगाउन नसकेको जानकारी पाएपछी शैक्षिक सामग्री जुटाएर शैक्षिक सामग्री वितरण गरिएकाे उनले जानकारी दिए । उनका अनुसार जागरण महिला समाज नेपालकी अध्यक्ष सुगन्धा सुबेदीको बिशेष सहयोग र एसियन खेलकुद र ओलम्पिक खेलकुदमा प्रथम पटक पदक हासिल गर्ने पहिलो नेपाली खेलाडी बिधान लामाको आर्थीक सहयाेगमा स्थानीयको हातबाट निर्मित छालाको जुत्ता बितरण गरिएकाे हाे ।

‘बालबालीकाको मुहारमा छायको खुसियाली देख्दा रमाइलो लाग्यो । हामीले गर्ने फजुल खर्चलाइ बचाएर यस्तो कार्यमा सहयोग गर्ने बानी बसाल्न सके राम्रो हुने थियो,’उनले भने । कार्यक्रममा समाजसेवि रिद्दी नाथ सिग्देल, राम कृष्ण श्रेष्ठ लगायत विद्यालय परिवारकाे उपस्थिति रहेकाे थियाे ।


प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?