Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

जब ‘जुत्ता नभएका खुट्टा’ खाेज्न पुगे पूर्व प्रशासक…


काठमाडाैं । हक्की प्रशासककाे छवि बनाएका पूर्व प्रशासक तथा प्रशासन विज्ञ खड्गबहादुर श्रेष्ठकाे पहलमा विपन्न बिद्यार्थीहरूलाइ शैक्षिक सामग्री वितरण गरिएकाे छ । उनका अनुसार चन्द्रागिरी नगरपालिका ६ मातातिर्थ स्थीत श्री महाँलक्ष्मी आधारभूत विद्यालयका अति बिपन्न ३५ जना छात्र-छात्रालाई शैक्षिक सामग्री वितरण गरिएकाे हाे ।

गरिबिको कारण बिद्यालयले तोकेको छालाको जुत्ता लगाउन नसकेको जानकारी पाएपछी शैक्षिक सामग्री जुटाएर शैक्षिक सामग्री वितरण गरिएकाे उनले जानकारी दिए । उनका अनुसार जागरण महिला समाज नेपालकी अध्यक्ष सुगन्धा सुबेदीको बिशेष सहयोग र एसियन खेलकुद र ओलम्पिक खेलकुदमा प्रथम पटक पदक हासिल गर्ने पहिलो नेपाली खेलाडी बिधान लामाको आर्थीक सहयाेगमा स्थानीयको हातबाट निर्मित छालाको जुत्ता बितरण गरिएकाे हाे ।

‘बालबालीकाको मुहारमा छायको खुसियाली देख्दा रमाइलो लाग्यो । हामीले गर्ने फजुल खर्चलाइ बचाएर यस्तो कार्यमा सहयोग गर्ने बानी बसाल्न सके राम्रो हुने थियो,’उनले भने । कार्यक्रममा समाजसेवि रिद्दी नाथ सिग्देल, राम कृष्ण श्रेष्ठ लगायत विद्यालय परिवारकाे उपस्थिति रहेकाे थियाे ।


प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?