Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

शिक्षक मापसे गरेर विद्यालय गएपछि परीक्षण गर्न उपकरण खरिद गर्दै नगरपालिका


८ चैत, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो ।

मापसे परीक्षण गर्ने छ उपकरण नगरपालिकाभित्रका छवटा प्रहरीचौकी र एउटा नगर अस्पतालमा राखेर प्रयोगमा ल्याउने निर्णय गरिएको नगरप्रमुख विमला राईले बताए । “विगतका वर्षमा वार्षिक परीक्षाका लागि खटाइएका शिक्षकले नै मापसे गरेर प्रश्नपत्र शिरानी लगाएर सुतेको घटना छन्”, उनले भने, “कतिपय स्वास्थ्य संस्था र वडा कार्यालयका कर्मचारीसमेत मादक पदार्थ सेवन गरेर कार्यालयमा अनियमित हुने गरेका गुनासो छ, यी सबै गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले मापसे परीक्षण गर्ने ब्रेथलाइजर खरिद गर्ने निर्णय गरिएको हो ।”

मादक पदार्थ सेवन गरेर सार्वजनिकस्थलमा हुने झैझगडामा संलग्नको मापसे जाँचमा समेत उपकरणलाई उपयोगमा ल्याउने तयारी छ । मापसे गरेर सार्वजनिकस्थलमा होहल्ला गर्ने सेवाग्राहीको समेत मापसे जाँच हुनेछ ।

मापसे परीक्षण गर्ने उपकरण अभावमा हालसम्म स्वास्थ्य संस्थादेखि इलाका प्रहरी कार्यालय हलेसीमा समेत मुख सुँघेर मापसे जाँच गर्नुपर्ने बाध्यता अन्त्यका लागि पनि मापसे जाँच गर्ने उपकरण खरिद गर्ने निर्णय गरिएको जनाइएको छ । मध्यपहाडी लोकमार्गले छोएको नगरपालिकामा चालकले मापसे गरे÷नगरेको पत्ता लगाउनसमेत उपकरण सहयोगी हुने नगरपालिकाले जनाएको छ ।

आवश्यक परेको समयमा मापसे गर्ने सबैको मापसे जाँच गर्न उपकरणको प्रयोग गरिने नगरप्रमुख राईले बताउनुभयो । विशेषगरी शिक्षकलाई लक्षित गरेर मापसे परीक्षण गर्ने उपकरण ल्याउने निर्णय गरिएको हो । दश स्थानीय तह रहेको खोटाङमा अहिलेसम्म पादक पदार्थ सेवन गरे÷नगरेको परीक्षण गर्ने डिजिटल उपकरण छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा समेत मापसे परीक्षण गर्ने उपकरण नरहेको बुझिएको छ ।

ट्राफिक प्रहरी कार्यालयमा एक व्यक्तिको मापसे परीक्षण गर्न कम्तीमा पाँच÷सात मिनेट लाग्ने पुरानो प्रविधिको उपकरणमात्र रहेको ट्राफिक प्रहरी प्रमुख हिमालय पौडेलले बताए ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?