Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

यस वर्ष आँपको उत्पादन बढ्ने


८ चैत्र, बाँके । बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झाङ्गिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जनाएको छ । बर्सेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नाका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ ।

एकाध आँप भएका बारी होस् वा आखन खाँपको बगैँचा नै यतिबेला सबैतिर आँपका रूखमा फूल झमक्क फुलेका छन् । बाँकेमा घरायसी प्रयोजनका लागि अधिकांश घरमा आँपका रूख लगाइएका छन् । व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा आँपका फूल फुलेको कृषि ज्ञान केन्द्रका प्रमुख शकील अहमदले बताए । उनका अनुसार यस वर्ष आँपको उत्पादन बढ्न सक्ने विश्वास छ । उनले भने, “आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ, यस वर्ष सबैतिरबाट आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।”

बाँकेमा चैत, वैशाख तथा जेठमा आउने हावाहुरीले आँप झारेर क्षति पुर्याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी दशहरी आँप लगाइएको छ । माल्दा लगायतका अन्य आँपका रुख पनि लगाइएको छ । बाँकेभर करिब तीन सय हेक्टर जमिनमा आँप लगाइएको अनुमान केन्द्रको छ । जिल्लामा अधिकांशका घरमा आँप लगाएको पाइन्छ । जिल्लाको सीतापुर, भवानियापुर, डुडुवा लगायतका क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?