Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

बाघको आक्रमणबाट प्रहरी सहित तीनजना घाइते


८ चैत्र, पर्सा । बाघको आक्रमणबाट प्रहरी सहित तीनजना घाइते भएका छन् ।

राष्ट्रिय निकुन्जबाट निस्किएर गाउँमा पसेको बाघको आक्रमणबाट १ जना प्रहरीसहित तीन जना भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेमा पोखरिया नगरपालिका वडा नम्बर ४ सतबरिया टोलका ३० वर्षका दिल महमद मियाँ, जोगिन्द्र साह तेली र प्रहरी जवान सुचिन्द्रप्रसाद यादव रहेका छन् ।

घाइतेमध्ये मियाँको अवस्था गम्भीर रहेको छ। अहिले उनको पोखरिया अस्पतालमै उपचार भइरहेको छ ।

बिहान सतबरिया टोलमा पसेको बाघलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले पनि उक्त बाघ गाउँमै लुकेर बसेको र नियन्त्रणमा लिन जिल्ला वन डिभिजन कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?