Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

रञ्जिता पर्यटन मन्त्री !


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरको तयारी गरेका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुन लागेको बताइन् । पार्टीभित्र आन्तरिक विवाद हुँदा पनि श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकी थिइन् ।

‘प्रधानमन्त्रीले तपाईं तयार रहनुहोला भन्नुभएको छ । एक साताजतिमा निर्णय हुन सक्छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले एक मन्त्री र एक राज्यमन्त्रीसहित उन्मुक्तिलाई सरकारमा सहभागी गराउने आश्वासन दिनुभएको छ ।’ पछिल्लोपटक एमालेसहितको नयाँ गठबन्धन बनेपछि नागरिक सरकारबाट बाहिरिएको थियो ।

श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्ने तयारी गरेकी छिन् । हाल माओवादीका हितबहादुर तामाङले उक्त मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री तामाङले मन्त्रिपरिषद् हेरफेरबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । ‘प्रधानमन्त्रीज्यूले मलाई हेरफेरबारे केही भन्नुभएको छैन, जानकारी भएन,’ उनले भने ।


प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?