Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

रञ्जिता पर्यटन मन्त्री !


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरको तयारी गरेका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुन लागेको बताइन् । पार्टीभित्र आन्तरिक विवाद हुँदा पनि श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकी थिइन् ।

‘प्रधानमन्त्रीले तपाईं तयार रहनुहोला भन्नुभएको छ । एक साताजतिमा निर्णय हुन सक्छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले एक मन्त्री र एक राज्यमन्त्रीसहित उन्मुक्तिलाई सरकारमा सहभागी गराउने आश्वासन दिनुभएको छ ।’ पछिल्लोपटक एमालेसहितको नयाँ गठबन्धन बनेपछि नागरिक सरकारबाट बाहिरिएको थियो ।

श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्ने तयारी गरेकी छिन् । हाल माओवादीका हितबहादुर तामाङले उक्त मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री तामाङले मन्त्रिपरिषद् हेरफेरबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । ‘प्रधानमन्त्रीज्यूले मलाई हेरफेरबारे केही भन्नुभएको छैन, जानकारी भएन,’ उनले भने ।


प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?