Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२३ कार्तिक २०८३, सोमबार
२३ कार्तिक २०८३, सोमबार

शिक्षा मन्त्रालय र थापाथली इन्जिनियरिङ क्याम्पसबिच नवप्रवर्तन सर्वेक्षण सञ्चालन गर्ने सहमति


काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ईण्डष्ट्रियल इन्जिनियरिङ विभाग, थापाथली क्याम्पसबिच नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी भएको छ।औद्योगिक प्रतिष्ठानहरूमा उत्पादन तथा उत्पादकत्व वृद्धि तथा प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्न नवप्रवर्तनको महत्त्वपूर्ण भूमिका रहने भएकोले उद्योगमा भएको नवप्रवर्तनको स्तर अध्ययन गर्न तथा उद्योगहरूमा नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्न समझदारी गरिएको मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीले बताउनुभएको छ।

सम्झौतामा हस्ताक्षर भएपछि प्रतिक्रिया दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा अङ्कुरित विचार तथा आविष्कारले राष्ट्रिय नीतिमा योगदान दिने शैक्षिक वातावरणको विकास गर्नुपर्ने बताउनुभयो। ‘यो सम्झौता प्रस्थान बिन्दु हो। अनुसन्धान, नवप्रवर्तन, व्यवसायिकता र उद्यमशीलतालाई उच्च शिक्षाको अभिन्न अङ्गको रूपमा विकास गर्न ‘इन्डस्ट्री एकेडेमिया इन्टरफेस’ अनुरूप अघि बढ्ने हाम्रो नीति बजेटमै समावेश भैसकेको छ।’- मन्त्री श्रेष्ठले भन्नुभयो।

समझदारी अनुसार क्याम्पसले उद्योगहरूमा संलग्न नवप्रवर्तन सर्वेक्षण, २०२४ को प्रश्नावली अनुसार नवप्रवर्तन सर्वेक्षण (Business Innovation Survey) कार्यक्रम सञ्चालन गर्नेछ । उक्त सर्वेक्षण कार्यक्रममा औद्योगिक इन्जिनियरिङ (Industrial Engineering) विषयमा कम्तीमा तेस्रो वर्षमा अध्ययनरत स्नातक तहका दश जना विद्यार्थीहरूलाई खटाउनु पर्नेछ। क्याम्पसको विभागले मेरिटका आधारमा सर्वेक्षण कार्यमा खटिने विद्यार्थीहरूको छनौट गरी मन्त्रालयमा जानकारी गराउनु पर्नेछ ।

प्रत्येक विद्यार्थीले १२ वटा उद्योगको उद्योग स्थलमा गई नवप्रवर्तन सर्वेक्षण गर्नेछन् । सर्वेक्षण तथा प्रतिवेदनको समयावधि एक महिनाको हुनेछ । सर्भेक्षणमा सहभागी हुने विद्यार्थीहरूलाई सामान्य खाजा खर्च र सर्भेक्षण खर्च उपलब्ध गराउनेछ। सर्वेक्षणका लागि विभागले आफै उद्योगहरूको छनौट गर्न सक्नेछ । उद्योगहरूको सूची सर्वेक्षण गर्नु अगावै मन्त्रालयमा पेश गर्नुपर्नेछ ।

आइतबार भएको सम्झौतामा मन्त्रालयको तर्फबाट सिडिई मनीषा महर्जन र क्याम्पसको तर्फबाट इणडष्ट्रियल इन्जिनियरिङ विभागका प्रमुख सुशान्तराज गिरीले हस्ताक्षर गर्नुभएको छ।


प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?