Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

नेविसंघले त्रिवि अध्यक्षमा ३ जनालाई मनोनीत गरेको पत्र सार्वजनिक


८ चैत्र, काठमाडाैँ । तीन जनालाई नेविसंघले त्रिभुवन विश्वविद्यालय समिति अध्यक्षको बनाएको छ ।

विधान अनुसार एक जनामात्रै अध्यक्ष हुने भएता पनि नेविसंघले तीन जनालाई अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको हो ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षरसहित तीन जनालाई त्रिवि समिति अध्यक्ष तोकिएको पत्र सार्वजनिक भएको छ। उक्त पत्रमा चैत्र ७ गतेको मिति उल्लेख गरिएको छ ।

पत्र अनुसार नेविसंघले गणेश भण्डारी, दिपकराज जोशी र विष्णुबहादुर बडैलालाई अध्यक्ष मनोनित गरेको छ । ती सबै पत्रको बोधार्थमा त्रिवि कीर्तिपुर उल्लेख गरिएको छ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले यसबारे केही दिनमा मिलाउने प्रतिक्रिया दिएका छन् ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?