Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

पत्रकार महासंघ काठमाडौं शाखामा प्रेस युनियनको ताला


काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालावन्दी गरेको छ । पत्रकार महासंघ काठमाडौं शाखाले सक्रिय पत्रकारहरुलाई सदस्यता नवीकरण गर्न छुटाइएको तथा गैह्र पत्रकारहरुको सदस्यता नवीकरण गराएको भन्दै प्रेस युनियन काठमाडौं शाखाले उपाध्यक्ष रोमन आचार्यको नेतृत्वमा महासंघ काठमाडौं शाखामा बुधबार तालाबन्दी गरेको हो ।

‘नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर भएको सदस्यताको नामावलीप्रति नेपाल प्रेस युनियन काठमाडौ शाखाको गम्भीर असहमती छ’ उपाध्यक्ष आचार्यले भने ।उपाध्यक्ष आचार्यले महासंघको सदस्यता सुद्धिकरणका नाममा धेरै सक्रिय पत्रकारहरुलाई बाहिर राखेर सार्वजनिक गरिएको नामावलीप्रति युनियनको असहमती रहेको बताए । ‘अहिले आएको सूचीप्रति हाम्रो असहमती छ, हामीलाई मान्य छैन, पत्रकार महासंघको सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभा अघि नवीकरण गरेकाहरुको पनि सुद्धिकरण हुनुपर्छ’ आचार्यले भने ।

प्रेस युनियन काठमाडौं शाखाले महासंघ काठमाडौ शाखाको नयाँ सदस्यता महासंघ केन्द्रबाट प्रकाशित नामावलीमा उल्लेख नभएकोमा चिन्ता व्यक्त गरेको छ । ‘प्रेस युनियन काठमाडौ शाखा प्रक्रिया पूरा गरेर आएका नयाँ सदस्यलाई पनि निर्वाचनमा सहभागी गराइनु पर्छ भन्ने मान्यता राख्दछ । सदस्यता आह्वान गरेर प्रक्रिया पूरा गर्दै आएका पत्रकारहरुलाई महासंघको सदस्यताबाट बन्चित गरिनु हामिलाई मान्य छैन ।

यस्तै महासंघको प्रकाशित सदस्यता नामावलीमा केही गैह्र पत्रकारहरुको नामावली रहेको गुनासोसमेत आइरहेको हुँदा त्यस्ता नामावलीको सही र पारदर्र्शी तरिकाबाट छानविन होस भन्ने हाम्रो माग छ । यी माग पूरा नहुँदासम्म प्रेस युनियन काठमाडौ शाखा यो तालाबन्दी कायम राख्दछ।’ प्रेस युनियन काठमाडौं शाखाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

युनियन काठमाडौं शाखाले गरेको तालाबन्दी कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन युनियनका उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल, युनियनका केन्द्रीय सचिव लालकुमार मुक्तानसहित जिल्ला शाखका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो।


प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?