Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

स्ववियु परिषद सभापतिमा बुढाथोकी


काठमाडौं ।  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषदको सभापति पदमा कोटेश्वर क्याम्पस स्ववियु सभापति संजय बुढाथोकी चयन भएका छन् । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघको विधान २०२७ को भाग ३ को धारा ६ ले व्यवस्था गरे बमोजिम रिक्त रहेको स्ववियु परिषदको सभापतिमा बुढाथोकीलाई मनोनयन गरेका हुन ।

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष शेर्पाले तिन महिना भित्र स्ववियु परिषदको अधिवेशन सम्पन्न गरिसक्न पनि बुढाथोकीलाई जिम्मेवारी सुम्पिएका छन् । बुढाथोकी नेपाल विद्यार्थी संघका जुझारु र संगठन बनाउन सक्ने विद्यार्थी नेताका रुपमा चिनिन्छन ।

चार हजार भन्दा बढी विद्यार्थी अध्ययनरत देशभरिकै उत्कृष्ठ सामुदायिक कलेजहरुमध्ये परिचित कोटेश्वर क्याम्पसका स्ववियु सभापति बुढाथोकीको मनोनयनले जुझारु विद्यार्थीहरुले मनोनयनलाई ‘ राइट म्यान इन राइट प्लेस’ को संज्ञा दिएका छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?