Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

स्ववियु परिषद सभापतिमा बुढाथोकी


काठमाडौं ।  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषदको सभापति पदमा कोटेश्वर क्याम्पस स्ववियु सभापति संजय बुढाथोकी चयन भएका छन् । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघको विधान २०२७ को भाग ३ को धारा ६ ले व्यवस्था गरे बमोजिम रिक्त रहेको स्ववियु परिषदको सभापतिमा बुढाथोकीलाई मनोनयन गरेका हुन ।

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष शेर्पाले तिन महिना भित्र स्ववियु परिषदको अधिवेशन सम्पन्न गरिसक्न पनि बुढाथोकीलाई जिम्मेवारी सुम्पिएका छन् । बुढाथोकी नेपाल विद्यार्थी संघका जुझारु र संगठन बनाउन सक्ने विद्यार्थी नेताका रुपमा चिनिन्छन ।

चार हजार भन्दा बढी विद्यार्थी अध्ययनरत देशभरिकै उत्कृष्ठ सामुदायिक कलेजहरुमध्ये परिचित कोटेश्वर क्याम्पसका स्ववियु सभापति बुढाथोकीको मनोनयनले जुझारु विद्यार्थीहरुले मनोनयनलाई ‘ राइट म्यान इन राइट प्लेस’ को संज्ञा दिएका छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?