Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

जिल्ला सभापति सिंहलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्न सर्लाही काँग्रेसको माग !


सर्लाही । नेपाली काँग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्न माग गरिएको छ। सर्लाहीको तत्कालीन मनुष्मारा सिंचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहेको बखत सो आयोजनामा आर्थिक अनियमितता गरेको र उक्त कसुरमा सर्वोच्च अदालत काठमाडौबाट कसुर प्रमाणित समेत भइसकेकोले राजनीतिक दल सम्बन्धि ऐन २ परिच्छेद- ३ को (ख)विपरत तथा नेपाली काँग्रेसको संशोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भएमा पार्टीको साधारण सदस्य समेत रहन नपाउने व्यवस्था भएकोले सोही अनुसार सर्लाही अध्यक्ष सिंहलाई पदबाट बर्खास्त गर्न माग गरिएको काँग्रेस सर्लाहीका क्षेत्रीय सभापति कौशल किशोर रायले बताएको छ।

सर्वोच्च अदालत काठमाडौले २०८० साल फाल्गुन १५ गते नै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिसकेकोले निजलाई अविलम्ब पदबाट बर्खास्त गरिनुपर्ने क्षेत्रीय सभापति रायले बताए । उक्त माग लिएर सर्लाहीबाट उपसभापति नवीन प्रसाद अधिकारी र सर्लाही क्षेत्र न-१ का सभापति हरि बहादुर लुंगेली पार्टीका केन्द्रीय सभापति शेर बहादुर देउवा समक्ष सानेपा(ललितपुर) स्थित पार्टीको केन्द्रीय कार्यालय वि.पि स्मृति भवन पुगिसकेका छन् ।

सर्लाही अध्यक्ष सिंहले सर्लाहीमा सिसौ काटेर भारतमा तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले दोषी ठहर गर्दै साढे ३ वर्ष कैद र साढे ३ करोड जरिवानाको फैसला सुनाएपछि उनी पुनरावेदनका लागि सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले उनको पुनरावेदनमा दाबी नपुग्ने भन्दै दोषी ठहर गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर हुने फैसला गरेका थिए।​ विशेषमा मुद्दा दायर हुनुभन्दा अगाडि उनी ६ महिना अख्तियारको हिरासतमा समेत बसेका थिए ।​ सिंह नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु देउवा निकट मानिन्छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?