Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जिल्ला सभापति सिंहलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्न सर्लाही काँग्रेसको माग !


सर्लाही । नेपाली काँग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्न माग गरिएको छ। सर्लाहीको तत्कालीन मनुष्मारा सिंचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहेको बखत सो आयोजनामा आर्थिक अनियमितता गरेको र उक्त कसुरमा सर्वोच्च अदालत काठमाडौबाट कसुर प्रमाणित समेत भइसकेकोले राजनीतिक दल सम्बन्धि ऐन २ परिच्छेद- ३ को (ख)विपरत तथा नेपाली काँग्रेसको संशोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भएमा पार्टीको साधारण सदस्य समेत रहन नपाउने व्यवस्था भएकोले सोही अनुसार सर्लाही अध्यक्ष सिंहलाई पदबाट बर्खास्त गर्न माग गरिएको काँग्रेस सर्लाहीका क्षेत्रीय सभापति कौशल किशोर रायले बताएको छ।

सर्वोच्च अदालत काठमाडौले २०८० साल फाल्गुन १५ गते नै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिसकेकोले निजलाई अविलम्ब पदबाट बर्खास्त गरिनुपर्ने क्षेत्रीय सभापति रायले बताए । उक्त माग लिएर सर्लाहीबाट उपसभापति नवीन प्रसाद अधिकारी र सर्लाही क्षेत्र न-१ का सभापति हरि बहादुर लुंगेली पार्टीका केन्द्रीय सभापति शेर बहादुर देउवा समक्ष सानेपा(ललितपुर) स्थित पार्टीको केन्द्रीय कार्यालय वि.पि स्मृति भवन पुगिसकेका छन् ।

सर्लाही अध्यक्ष सिंहले सर्लाहीमा सिसौ काटेर भारतमा तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले दोषी ठहर गर्दै साढे ३ वर्ष कैद र साढे ३ करोड जरिवानाको फैसला सुनाएपछि उनी पुनरावेदनका लागि सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले उनको पुनरावेदनमा दाबी नपुग्ने भन्दै दोषी ठहर गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर हुने फैसला गरेका थिए।​ विशेषमा मुद्दा दायर हुनुभन्दा अगाडि उनी ६ महिना अख्तियारको हिरासतमा समेत बसेका थिए ।​ सिंह नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु देउवा निकट मानिन्छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?