Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

‘सिप मेला’ ले युवाहरुलाई सिप विकास गरेको महसुस गरेँ : राजदूत रीना-रीक्का


काठमाडौँ । ‘सिप मेला’ ले नेपाली युवाहरुलाई स्वरोजगार बन्नका प्रोत्साहित गरेको र रोजगार बन्न क्षमता विकास गरेको महसुस गरेको नेपालका लागि फिनल्याण्डका राजदूत रीना–रीक्का हेक्काले बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको मेला अवलोकनपछिको संक्षिप्त प्रतिक्रियामा उहाँले आज यस्तो बताउनुभएको हो ।

व्यक्तिमा व्यवसायिक सिप प्रदान गरेर आत्मनिर्भर हुन सक्ने बनाउनु महत्वपूर्ण काम हो । उहाँले ‘सिप मेला’सँगै ‘शिक्षामा सिप’ कार्यक्रमले उद्योग, रोजगार र स्वरोजगारका क्षेत्रमा महत्वपूर्ण र दीर्घकालीन नतिजा दिने बताउनुभयो । महानगरपालिकाले सञ्चालन गरेको शिक्षकको क्षमता विकास कार्यक्रममा आफूहरु सहकार्यका लागि तयार रहेको राजदूत हेक्काको भनाइ थियो ।

राजदूत हेक्काले, प्रशिक्षार्थीहरुसँग तपाईँको के सपना थियो? तालिमले त्यो सपना कसरी पूरा गराउँछ भनेर अन्तरक्रिया गर्नुभएको थियो । त्यस क्रममा प्रशिक्षार्थीहरुले, महानगरपालिकाले आफूलाई निःशुल्क तालिम दिएपछि महानगरपालिकाले गरेको लगानी आफू स्वरोजगार भएर फिर्ता गर्ने सपना रहेको उल्लेख गर्नुभयो ।

त्यस क्रममा महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, मेलाबाट बेरोजगार र रोजगारदाता बिचको सम्बन्धमा अहिले भएको खाडल कम हुने बताउनुभयो । यसका लागि निजी, उद्योग, वाणिज्य तथा शैक्षिक क्षेत्रसँग समन्वय भएको उपाध्यक्ष राजभण्डारीको भनाइ थियो ।

मेलामा सञ्चालन भएका तालिम कक्षाहरुका बारेमा उपाध्यक्ष राजभण्डारीसहित, आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, निर्देशक समितिका सदस्य सुदीप ढकाल, अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, रोजगार संयोजक देवेन्द्र के. सी. सहित अधिकारीहरुले तालिमका विशेषताका बारेमा जानकारी गराउनुभएको थियो ।


प्रकाशित मिति: १६ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?