Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

‘सिप मेला’ ले युवाहरुलाई सिप विकास गरेको महसुस गरेँ : राजदूत रीना-रीक्का


काठमाडौँ । ‘सिप मेला’ ले नेपाली युवाहरुलाई स्वरोजगार बन्नका प्रोत्साहित गरेको र रोजगार बन्न क्षमता विकास गरेको महसुस गरेको नेपालका लागि फिनल्याण्डका राजदूत रीना–रीक्का हेक्काले बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको मेला अवलोकनपछिको संक्षिप्त प्रतिक्रियामा उहाँले आज यस्तो बताउनुभएको हो ।

व्यक्तिमा व्यवसायिक सिप प्रदान गरेर आत्मनिर्भर हुन सक्ने बनाउनु महत्वपूर्ण काम हो । उहाँले ‘सिप मेला’सँगै ‘शिक्षामा सिप’ कार्यक्रमले उद्योग, रोजगार र स्वरोजगारका क्षेत्रमा महत्वपूर्ण र दीर्घकालीन नतिजा दिने बताउनुभयो । महानगरपालिकाले सञ्चालन गरेको शिक्षकको क्षमता विकास कार्यक्रममा आफूहरु सहकार्यका लागि तयार रहेको राजदूत हेक्काको भनाइ थियो ।

राजदूत हेक्काले, प्रशिक्षार्थीहरुसँग तपाईँको के सपना थियो? तालिमले त्यो सपना कसरी पूरा गराउँछ भनेर अन्तरक्रिया गर्नुभएको थियो । त्यस क्रममा प्रशिक्षार्थीहरुले, महानगरपालिकाले आफूलाई निःशुल्क तालिम दिएपछि महानगरपालिकाले गरेको लगानी आफू स्वरोजगार भएर फिर्ता गर्ने सपना रहेको उल्लेख गर्नुभयो ।

त्यस क्रममा महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, मेलाबाट बेरोजगार र रोजगारदाता बिचको सम्बन्धमा अहिले भएको खाडल कम हुने बताउनुभयो । यसका लागि निजी, उद्योग, वाणिज्य तथा शैक्षिक क्षेत्रसँग समन्वय भएको उपाध्यक्ष राजभण्डारीको भनाइ थियो ।

मेलामा सञ्चालन भएका तालिम कक्षाहरुका बारेमा उपाध्यक्ष राजभण्डारीसहित, आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, निर्देशक समितिका सदस्य सुदीप ढकाल, अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, रोजगार संयोजक देवेन्द्र के. सी. सहित अधिकारीहरुले तालिमका विशेषताका बारेमा जानकारी गराउनुभएको थियो ।


प्रकाशित मिति: १६ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?