Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

माओवादी केन्द्रको पाँच दिने केन्द्रीय स्कुलको उद्घाटन


७ चैत्र, काठमाडौँ। नेकपा (माओवादी) केन्द्रको पाँच दिने पार्टी केन्द्रीय स्कुल मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरू भएको छ।

जिल्ला तहमा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको पाँच दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई मंगलबार दिउँसो प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले उद्घाटन गर्नुभएको छ।

पेरिसडाँडामा आयोजित उद्घाटन सत्रमा बोल्दै उहाँले भन्नुभयो, “आजको दुनियाँमा विचारको शक्ति नै सबैभन्दा महत्वपूर्ण शक्ति हो। तथ्य, सच्चाइ र तर्कको बलमा कम्युनिस्ट आन्दोलनको पक्षमा, कार्यदिशाको पक्षमा, जनताको मुक्ति र परिवर्तनको पक्षमा जसले व्यवस्थित रूपमा विचार प्रस्तुत गर्न सक्दछ, उसले नै समाज र राष्ट्रको नेतृत्व गर्दछ। पाँच दिनसम्म चल्ने पार्टी स्कुलले पार्टीको विचारधारात्मक स्पष्टता र विकासका निम्ति महत्वपूर्ण भूमिका खेल्नेछ।”

पाँच दिनसम्म चल्ने पार्टी स्कुलमा दर्शनशास्त्रको विकासक्रम, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, आजको विश्व र दर्शनको विकास, राजनीतिक अर्थशास्त्र, आजको विश्व अर्थतन्त्र, समाजवादी अर्थतन्त्र, नेपाली अर्थतन्त्र, विशेषता र सम्भावना, वैज्ञानिक समाजवाद र विकासक्रम, समाजवादको सैद्धान्तिक पक्ष, समाजवादको नेपाली विशेषता र कम्युनिस्टहरूको कार्यभार, वैज्ञानिक दृष्टिकोण, विज्ञानका नयाँ आयामहरूमाथि विश्लेषण, विश्व एवं नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, राजनीतिक कार्यदिशा र विकास, पार्टी संगठन र परिचालन, व्यवस्थापन, आत्मनिर्भरता र विकास, राष्ट्रियता र भूराजनीति, संस्कृति र समाजवाद, उत्पीडित समुदायको सवाल, राष्ट्रियताको सवाल लगायतका विषयहरू समाविष्ट छन्।

स्कुलमा पार्टीका भूगोल जिल्ला, विशेष कमिटी र जनवर्गीय संगठनका छानिएका प्रतिनिधिहरू उपस्थित हुनेछन्। स्कुललाई पार्टी नेता एवं विषयविज्ञहरूले सहजीकरण गर्नेछन्।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?