Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अब मापसे गरे सडकमा ड्युटी !


काठमाडौं । महिनावारीको चार दिन ट्राफिक महिला प्रहरीले अबदेखि सडकमा ड्युटी गर्नु नपर्ने भएको छ । महिनावारीको समयमा कमजोर हुने महिला प्रहरीको स्वास्थ्यलाई ख्याल गर्दै गृह मन्त्रालयले चार दिन सडकमा ड्युटी गर्नुनपर्ने व्यवस्था गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको सानो प्रयासस्वरूप महिनावारीको चार दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था गरेको जनाएका छन् । मापसेलगायत ट्राफिक नियम उल्लंघन गर्नेलाई महिला ट्राफिक प्रहरीको साटो सेवकका रूपमा सघाउन पनि उनले आग्रह गरेका छन् ।

‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयं सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ,’ उपप्रधान तथा गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?