Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अब मापसे गरे सडकमा ड्युटी !


काठमाडौं । महिनावारीको चार दिन ट्राफिक महिला प्रहरीले अबदेखि सडकमा ड्युटी गर्नु नपर्ने भएको छ । महिनावारीको समयमा कमजोर हुने महिला प्रहरीको स्वास्थ्यलाई ख्याल गर्दै गृह मन्त्रालयले चार दिन सडकमा ड्युटी गर्नुनपर्ने व्यवस्था गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको सानो प्रयासस्वरूप महिनावारीको चार दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था गरेको जनाएका छन् । मापसेलगायत ट्राफिक नियम उल्लंघन गर्नेलाई महिला ट्राफिक प्रहरीको साटो सेवकका रूपमा सघाउन पनि उनले आग्रह गरेका छन् ।

‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयं सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ,’ उपप्रधान तथा गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?