Trending
>>   सल्लाह गरेरै सरकारले अध्यादेश ल्याएको हो: कांग्रेस >>   कांग्रेसका मन्त्रीहरूलाई सातामा दुई दिन खुला भेटघाट गर्न निर्देशन ! >>   मौसम :यी चार प्रदेशमा बर्षाको सम्भावना >>   सरकारलाई निर्माण व्यवसायी महासंघको माघ १५ को अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने >>   आयल निगमको धनगढी डिपो कैलालीको गोदावरीमा स्थानान्तरण गरिँदै >>   जाजरकोट भूकम्पको क्षतिको विस्तृत आँकलन (डिडिए) माघभित्र गरिसक्ने : गृहमन्त्री लेखक >>   आज मिति २०८१ साल माघ ०३ गते बिहिबार,हेर्नुहोस आजको राशिफल >>   सत्ताको दुरुपयोग भइरहेको छः माधव नेपाल >>   काठमाडौं महानगरपालिकाले राजश्वबाट उठेको ४० प्रतिशत रकम प्रदेश सरकारलाई बुझाएन >>   समाजवादी मोर्चाले माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने
Logo
३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

एलन मस्क भन्छन्- म एलियन हुँ, तर कसैले विश्वास गर्दैनन् !


काठमाडौं । सामान्यतः पृथ्वी बाहिर बस्ने जीवलाई एलियन भनेर चिन्ने गरिन्छ । पृथ्वीमा यसबारे अनेकन् किस्सा छन्, जुन वैज्ञानिक रूपमा पुष्टि हुन भने सकेको छैन । ​अर्बपति उद्यमी एलन मस्कले भने आफैंमाथि व्यङ्ग्य गर्दै आफू एलियन भएको बताएका छन् ।

पेरिसमा हालै भएको भिभा टेक इभेन्टमा बाेल्दै टेस्ला र स्पेसएक्सका दूरदर्शी प्रमुख कार्यकारी अधिकृत (सीईओ) मस्कले आफूलाई एक एलियन भएको घोषणा गरे । उनको यो वक्तव्य अन्य ग्रहको अवस्थाबारे लामो समयदेखि चलिरहेको अफवाहको जिज्ञासालाई हास्यपूर्ण प्रतिक्रियाको रूपमा आएको बुझिएको छ ।“हो, यो सत्य हो । म यो संसारको होइन,” मस्कले आफैंलाई व्यङ्ग्य गर्दै भने, “मैले सबैलाई भनिरहेको छु कि म एक एलियन हुँ, तर यो कुरा कसैले विश्वास गर्दैनन् ।”

प्रविधिका यी महारथी खेलाडीको यस्तो कुराले अहिले सञ्जालमा चर्चा पाइरहेको छ । विश्लेषकहरूले यो कुराको पछाडि मस्कले आफ्ना भावी रहस्य लुकाइरहेको तर्क गरेका छन् । केहीले मस्कका अन्तरिक्ष अन्वेषण र न्यूरल प्रविधिमा भएका भूमिकाहरू बाहिरी बुद्धिमत्ताबाट प्रभावित हुन सक्छन् भन्ने लख काटेका छन् ।

कार्यक्रममा भर्चुअल माध्यमबाट बोल्दै एलियनको अस्तित्वबारे उनले भनेका छन्, “सायद यो आकाशगंगामा हामी एक्लै छौं, हुनसक्छ हामी मात्र छौं र हाम्रो चेतना अत्यन्त कम छ ।”त्यस्तै एलियनको अस्तित्वबारे केही प्रमाण भेटे आफूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शेयर गर्ने पनि उनले बताए ।

कार्यक्रममा एलन मस्कले आफ्नो मङ्गल ग्रहको योजना पनि सुनाए । अबको १० वर्षभित्र मङ्गल ग्रहमा मानव पुग्ने उनले दाबी गरेका छन् । आफ्नो कम्पनी स्पेसएक्सको योजना जीवनलाई बहुग्रह बनाउने भएकाले यो योजना चाँडै साकार हुने उनको विश्वास छ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?