Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

मुद्रण उद्योग संघ कास्कीद्वारा कामदारको निःशुल्क विमा


पोखरा । मुद्रण उद्योग संघ कास्कीले  एक कार्यक्रमका विच मुद्रण व्यवसायमा आवद्ध कामदारहरुको निःशुल्क विमा गराएको छ । मुद्रण उद्योग संघ कास्की र नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले संयुक्त रुपमा निकालिएका नयाँ वर्ष २०८१ को वार्षिक टेवल क्यालेण्डर नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि विष्णुप्रसाद तिवारीले सार्वजनिक गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष तिवारीले मुद्रण उद्योग व्यवसायमा राज्यले कुनै मुल्य र दररेट नतोक्दा पनि व्यवसायीहरु आफैमा प्रतिस्पर्धा हुँदा व्यवसाय नै धरासयमा पुगेको बताए । “हामी हाम्रो उत्पादनको मुल्य आफै तोक्छौ, राज्य नै कुनै अंकुश लगाएको छैन तरपनि व्यवसाय सफल बन्न सकेको छैन र दुःखी बन्छौ । कारण हामी उचित मुल्य लिन सकेका छैनौ । हामी र हाम्रो व्यवसायलाई सफल बनाउन मुल्यमा प्रतिस्पर्धा होइन स्तरीय काममा ध्यान दिनुपर्छ र हामी बिचको हार्दिकतालाई अलि व्यापक बनाऔं ।” उनले भने ।

राज्यका विभिन्न निकायहरुले मुद्रण व्यवासीहरुको घाटी थिच्ने काम गरेको आरोप लगाएका छन् । उनले राज्यका विभिन्न निकायले काम नदिने र जिटुजीको माध्यमबाट जाने गर्दा प्रत्यक्ष व्यवसायीहरु मारमा परेको बताए । उनले कुनैपनि हालतमा अब मुद्रण उद्योग महासंघ चुप लागेर नबस्ने जानकारी गराए ।

अध्यक्ष तिवारीले जनक शिक्षाले राज्यबाट अरवौं रकम अनुदान लिए पनि उल्लेख्य काम गर्न नसकेको आरोप लगाए । “जन शिक्षाले हरेक वर्ष अरवौं रुपैयाँ अनुदान लिन्छ, सरकारी जमिनमा आवास र व्यवसाय सञ्चालन गरेको छ । सरकारबाटै तलब भत्ता खुवाउछ र घाटामा गयो भन्छ । पहिलो चोटी होला अघिल्लो वर्ष ५० करोड जति नाफा भयो भनेर प्रतिवेदन बुझाएको जानकारी आएको थियो ।” उनले भने, व्यवसायीको दुश्मन राज्य बन्न खोजेको भन्दै राज्यले किताब, लेटर प्याड छापेर प्राइभेट व्यवसायीहरुलाई पलायन बनाउन खोज्यो । राज्यले सेक्युरिटी प्रेस सञ्चालन गर्ने हो, खुद्रा काम गर्ने होइन उनले भने ।

मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश र कास्की जिल्लाले साधारण सभा अधिवेशन, विविध कार्यक्रम नियमित हुने गरेको र नयाँ–नयाँ कार्यक्रमको अभियान ल्याउनेमा अगुवाई गर्दै आएको जानकारी पाउँदा आफु खुसी रहेको बताउँदै केन्द्रीय अध्यक्ष तिवारीले प्रशंसा गरेका थिए ।

त्यसैगरी लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी र लुम्बीनी प्रदेशका प्रमुख शिव पौड्याल र मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाले विमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।प्रमुख शिव पौड्यालले विमा सम्झौतामा दुर्घटना उपचार खर्च वार्षिक २० हजार, मृत्यु भएमा १ लाख र दुर्घटना भइ मृत्यु भएमा थप ५० हजार र अपांग (पूर्ण अशक्त) भएमा ५० हजार को लाभ लिन सकिने जानकारी गराए ।


प्रकाशित मिति: १२ जेष्ठ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?