Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका संसारकै पहिलो व्यक्तिको निधन


काठमाडौँ । आनुवंशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्तिको अन्ततः मृत्यु भएको छ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको करिब २ महिनापछि उनको मृत्यु भएको हो ।६२ वर्षीय रिचार्ड रिक स्लेम्यानले अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यसबेला डाक्टरहरुले उनको शरीरमा राखिएको सुँगुरको मिर्गौलाले कम्तिमा पनि २ वर्ष काम गर्ने बताएका थिए ।

तर, त्यसविपरीत स्लेम्यानको २ महिनामै मृत्यु भयो । शनिबार अस्पताल र उनका परिवारका स्लेम्यानको मृत्यु भएको पुष्टि गरेका छन् । अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरहरुको टिमले एक विज्ञप्ति प्रकाशित गर्दै स्लेम्यानको मृत्युबाट आफू निकै दुःखी बनेको बताएको छ ।यद्यपि अस्पतालले ती व्यक्तिको मृत्यु सुँगुरको मिर्गौला प्रत्यारोपण गरेकै कारण भएको भन्ने कुनै संकेत प्राप्त नभएको पनि जनाएको छ ।

स्लेम्यान सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने विश्वकै पहिलो जिवित व्यक्ति थिए। यसअघि प्रयोगका रुपमा सुँगुरको मिर्गौला एकजना मस्तिष्क मृत्यु भैसकेको मानिसमा अस्थायी रुपमा प्रत्यारोपित गरिएको थियो । अन्य दुई व्यक्तिहरुमा सुँगुरको मुटु पनि प्रत्यारोपण गरिएको थियो । यद्यपि केही महिनापछि दुवै जनाको मृत्यु भयो ।एजेन्सी


प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?