Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पठाओलाई टक्कर दिन ‘जुमजुम’ बजारमा


काठमाडौं । नयाँ राइड सेयरिङ एप ‘जुमजुमु’ सार्वजनिक भएको छ। नेपाल मोबिलिटी सोलुसन्सले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी जुमजुमु सार्वजनिक गरेको हो।कम्पनीले यात्रुहरूको सहजताका लागि जुमजुमु एप बनाइएको बताएको छ। कम्पनीका अनुसार प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत् यात्रुले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्न सक्नेछन्।

एकैसाथ धेरै सवारीसाधन बुक गर्न सक्ने सुविधा रहेको जुमजुममा इ सेवा डिजिटल वालेटमार्फत् सजिलै भुक्तानी गर्न सकिन्छ।जुमजुम प्रयोगकर्ताले एपमा पहुँच नभएकाहरूका लागि पनि सवारी बुक गर्न सक्नेछन्। यो एपको प्रयोग गर्ने चालकले सुरुको २ साता कमिसन तिर्ननपर्ने कम्पनीले जनाएको छ।

यात्रुका लागि बचत र चालकका लागि आकर्षक बोनसको सुविधा रहेको जुमजुममा यात्रु र चालक दुवैको ५ लाखसम्मको बीमा हुने छ।जुमजुम एप श्रीलंकाको पिक मी सफवेयर कम्पनीले विकास गरेको हो। यो एपलाई नेपाल ल्याउन नेपालको एफवान सफ्ट ग्रुपले सर्मथन गरेको हो।


प्रकाशित मिति: २९ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?