Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

पठाओलाई टक्कर दिन ‘जुमजुम’ बजारमा


काठमाडौं । नयाँ राइड सेयरिङ एप ‘जुमजुमु’ सार्वजनिक भएको छ। नेपाल मोबिलिटी सोलुसन्सले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी जुमजुमु सार्वजनिक गरेको हो।कम्पनीले यात्रुहरूको सहजताका लागि जुमजुमु एप बनाइएको बताएको छ। कम्पनीका अनुसार प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत् यात्रुले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्न सक्नेछन्।

एकैसाथ धेरै सवारीसाधन बुक गर्न सक्ने सुविधा रहेको जुमजुममा इ सेवा डिजिटल वालेटमार्फत् सजिलै भुक्तानी गर्न सकिन्छ।जुमजुम प्रयोगकर्ताले एपमा पहुँच नभएकाहरूका लागि पनि सवारी बुक गर्न सक्नेछन्। यो एपको प्रयोग गर्ने चालकले सुरुको २ साता कमिसन तिर्ननपर्ने कम्पनीले जनाएको छ।

यात्रुका लागि बचत र चालकका लागि आकर्षक बोनसको सुविधा रहेको जुमजुममा यात्रु र चालक दुवैको ५ लाखसम्मको बीमा हुने छ।जुमजुम एप श्रीलंकाको पिक मी सफवेयर कम्पनीले विकास गरेको हो। यो एपलाई नेपाल ल्याउन नेपालको एफवान सफ्ट ग्रुपले सर्मथन गरेको हो।


प्रकाशित मिति: २९ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?