Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

२०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा


काठमाडाैं । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गर्ने प्रस्ताव पारित गरेको छ। प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीहरूमा सामना गर्ने बाधा तथा चुनौतीहरूलगायतका मुद्दाहरूलाई सम्बोधन गरी लैंगिक समानता र कृषिमा महिलाहरूको सशक्तीकरणमा प्रयासरत रहने बताइएको छ।

राष्ट्रसंघले प्रभावकारी नीति र कार्यहरूबारे चेतना जगाई नीतिगत ध्यान केन्द्रित गर्ने उद्देश्यका गतिविधिहरूमार्फत अन्तर्राष्ट्रिय वर्षको विश्वव्यापी अवलोकनलाई आमन्त्रित पनि गरेको छ। साथै, महासभाले खाद्य र कृषि संगठनसमेत रोममा रहेका अन्य संयुक्त राष्ट्रसंघीय निकायहरूसँग मिलेर प्रस्तावको कार्यान्वयनलाई सहजीकरण गर्न तथा अन्तर्राष्ट्रिय वर्ष प्रभावकारी रूपमा मनाउन निर्देशन दिएको छ।


प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?