Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

यातायात व्यवसायीकाे माग-‘पर्यटक सवारीसाधनहरू पहिचान हुने नमुना चिन्ह व्यवस्था गरिदिनू’


काठमाडौँ । नेपाल पर्यटक यातायात व्यवसायी संघले सरकारसँग पर्यटक सवारीसाधनहरू पहिचान हुने नमुना चिन्हको व्यवस्था गर्न माग गरेको छ । संघले शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई ज्ञापन पत्र बुझाउँदै पर्यटक सवारीसाधनलाई पर्यटक सवारीहरुको गुणस्तर र सुरक्षित गुडविल पनि लोप हुन सक्ने भएकाले पहिचान गर्न सम्भव भए सम्म पर्यटक एम्बोस् नम्बर प्लेट व्यवस्था गरिदिन माग गरेको छ ।

संघका अध्यक्ष बेदराज बास्तोलले पर्यटक सवारी साधन सञ्चालन गर्ने कम्पनिको नाममा दर्ता रही सञ्चालनमा रहेका रातो प्लेटका सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कारवाहीको दायरामा ल्याएकाले व्यवसायीहरु मारमा परेको बताएका छन् ।’यातायात ऐनमा रहेको व्यवस्थालाई संशोधन गरी रातो प्लेट कायम रहेका सवारी साधनलाई वर्गीकरण गरी कम्पनीको नाममा रहने सवारी साधन व्यवसायीक प्रयोजनमा प्रयोग गर्न पाउने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने ।

ट्राभल तथा ट्रेकिङ कम्पनीले सवारी साधनहरु समेत भाडामा दिने कार्य गरेकाले त्यस्ता कार्यलाई नियन्त्रण गरिदिन बास्तोलाले आग्रह गरेका छन् । ‘सवारी साधनहरु भाडामा लिने दिने कार्य गर्न हो भने पर्यटन यातायात व्यवसाय संचालन गर्न तोकिएको क्राईरेटिया पुरा गरी पर्यटन कार्यालयबाट ईजाजत पत्र लिएर मात्र व्यवसाय गर्न दिनुपर्छ,’ उनले अगाडि थपे।

नेपाल पर्यटक यातायात व्यवसायी संघ नेपाल भित्र छरिएर रहेका पर्यटक यातायात सवारी साधन सञ्चालनको ईजाजत लिई सञ्चालित व्यवसायी कम्पनीको छाता संस्था हो । यस संस्था अन्तर्गत करिव २५० वटा व्यवसायीक कम्पनीहरू छन् । हाल सानो, मझौला र ठुलो गरी करिब चार हजार जति संख्या पर्यटक सवारी साधनहरु सञ्चालनमा छन् । करिब ४५०० जनाले रोजगारी पाएका छन्।


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?