Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

सीके राउतको रास्वपालाई सुझाव : मिसन ८४ बारे विचार गर्नुहोला !


काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले इलाम–२ को उपनिर्वाचनको परिणामबारे राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाव दिएका छन् ।राउतले आज सामाजिक सञ्जालमार्फत मिसन ८४ को कुरा गरिरहेको रास्वपालाई बारा र इलाममा जमानत जफत भएको विषय विचार गर्न आग्रह गरेका छन् ।

राउतले २०८४ सालमा हुने निर्वाचनमा दुई तिहाइ ल्याइन्छ भनेर ढुक्क बसेकोमा बारा र इलाममा जमानत जफत भएको सम्झाएका हुन् । उनले भनेका छन्– ‘रास्वपाको नेतृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो– मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुईतिहाइ एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो। बारा र इलाममा जमानत जफत भएको भोग्नु भयो, विचार गर्नुहोला। शुभचिन्तककाे नाताले मात्रै खुलेआम भन्दैछु ।’

उनले आफ्नो समेत धरातल देखिएको भन्दै नयाँलाई जनताले मत दिन्छ र उथलपुथल हुन्छ भने अपेक्षा राख्नु गलत भएको टिप्पणी गरेका छन् । साथै उनले नयाँ किसिमको व्यवस्था नगरे ८४ मा पनि अहिलेको भन्दा फरक केही नहुने दाबी गरेका छन् । इलाम– २ मा जनमतका उम्मेदवार प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका थिए ।


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?