Trending
>>   एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए >>   रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप >>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

दोलालघाटमा नदी कटान रोक्न तटबन्धको योजना प्रक्रिया सुरु


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित पर्यटकीयस्थल दोलालघाट क्षेत्रमा नदी कटान रोक्न तटबन्धको योजना निर्माण प्रक्रिया सुरु भएको छ ।

सुनकोसी र इन्द्रावती नदी कटानको जोखममा रहेको सो क्षेत्रमा तटबन्ध निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख विनय पौडेलले बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको निर्देशनअनुसार दोलालघाट बजार र पुल जोगाउने उद्देश्यले तटबन्ध निर्माणका लागि प्राविधिक नापजाँच गरी लागत अनुमानको प्रारम्भिक प्रक्रिया अघि बढाइएको बताए । लागत अनुमानसहितको विवरण पेस गरेर आगामी आर्थिक वर्षको योजनामा बजेटको सुनिश्चितता गरिने पौडेलको भनाइ छ ।

२०७८ असारमा मेलम्चीबाट इन्द्रावती नदी हुँदै आएको बाढीले बस्ती कटान गरेपछि भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्र सुरक्षाका लागि स्थानीयले तटबन्ध निर्माणको माग गर्दै आएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिलेसमेत चाखोला तथा दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र सुनकोसी नदीमा तटबन्ध गर्न प्रदेशस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको थियो ।


प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?