Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण


६ चैत्र, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।

सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयंसेविकालाई एक÷एक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिकाको वडा नं ६ ले १३ वडा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको वडाध्यक्ष महेन्द्र खड्काले बताए । “स्वयंसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस भनेर साइकल वितरण गरेका हौँ”, अध्यक्ष खड्काले भने, “यसले स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज हुनेछ ।”

महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पुर्याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उदेश्यले साइकल वितरण गरिएको नगर उपप्रमुख निलम जोशीले बताए । “मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ”, उनले भने, “सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।”


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?