Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

सिभिल अस्पतालमा आन्दोलन : कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी,भोलिबाट अनशन


६ चैत्र, काठमाडौँ । निजामती कर्मचारी अस्पतालका कर्मचारीले कार्यकारी निर्देशक, मेडिकल डाइरेक्टर र प्रशासकीय अधिकृतको
कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

चैत्र २ बाट आन्दोलनमा होमिएका कर्मचारीले कार्यकारी निर्देशकको राजिनामा माग गर्दै आन्दोलन गरिरहेका छन् । निजामती कर्मचारी अस्पतालमा क्रियाशिल आधिकारिक ट्रेड यूनियनको अगुवाइमा आन्दोलन गरेका हुन् ।

अस्पतालले केहि दिनअघि विभिन्न पदका लागि ३ सय ५० भन्दा बढी संख्यामा कर्मचारी माग गरेपछि अस्पताल ब्यवस्थापन पक्ष र कार्यरत कर्मचारीहरुबीच विवाद उत्पन्न भएको थियो । असन्तुष्ट चिकित्सक, कर्मचारीहरुले अस्पतालका कार्यकारी निर्देशक डा विधाननीधि पौडेलको राजिनामा मागेका हन् ।

अस्पताल ब्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको कर्मचारीहरुको आरोप छ ।

ट्रेडयुनियन अध्यक्ष सन्तोष धिमालले बषौँदेखि कार्यरत कर्मचारीको हित र मर्म विपरित ब्यवस्थापन एकलौटी लागेको भन्दै उनिहरुले आन्दोलनमा जान बाध्य भएको बताए । उनका अनुसार दैनिक १५ मिनेट अस्पतालमा धर्नाको कार्यक्रम निरन्तर छ। माग सुनुवाइ नभएपछि आज तालाबन्दी गरिएको उनले बताए ।

भोलिबाट रिले अनशन सुरु गर्न लागिएको जानकारी दिए।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?