Trending
>>   चार प्रदेशमा हल्का बर्षाको सम्भावना ,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०८ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश >>   दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना ! >>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि !
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

शिविरबाट शिफारिस भएका महिलाहरुको क्यान्सर पहिचान गर्न सिभिल अस्पतालमा प्रयोगशाला जाँच हुने


काठमाडौँ । काठमाडौँ महानगरपालिका र निजामती कर्मचारी अस्पतालबिच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्नका समझदारी पत्रमा हस्ताक्षर भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रा. डा. विधाननिधि पौडेलबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीमा सञ्चालन हुने कार्यक्रम स्वास्थ्य र सामाजिक विकास विभागअन्तर्गतका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत परियारकाअनुसार सार्वजनिक–सार्वजनिक साझेदारीको अवधारणा अनुरूप आपसी समन्वय र सहकार्यका माध्यमबाट महानगरवासीलाई स्वास्थ्य परीक्षण सेवा तथा आकस्मिक स्वास्थ्य सेवाबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हक उपलब्ध गराउन आपसी क्षमता आदान प्रदान गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रम चालु आर्थिक बर्षको असार मसान्तभित्र सम्पन्न हुनेछन् । कार्यक्रम चालु आर्थिक बर्षको असार मसान्तभित्र सम्पन्न हुनेछन् ।

समझदादारी बमोजिम महानगरपालिकाले सिफारिश गरेका ७५ बर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, जनप्रतिनिधि कर्मचारीको पूर्ण स्वास्थ्य जाँच परीक्षणसहितका काममा सहकार्य हुनेछ ।

ज्येष्ठ नागरिक उपचारका लागि अस्पतालमा छुट्टै परीक्षण कक्ष स्थापना गरेर इसीजी, ब्लड सुगर, सीबीसी, एक्स रेसहित १० प्रकारका प्रयोगशाला परीक्षण हुनेछ । महिलाहरूमा देखा पर्न सक्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानका लागि महानगरपालिकाले प्रजनन उमेरका महिलाहरुका लागि सञ्चालन गर्ने शिविरबाट पठाइएका महिलाहरुको एचपीभी डीएनए परीक्षण, बायोप्सी, लिप परीक्षण (लुप इलेक्ट्रो सर्जिकल एक्सिसन प्रोसिड्युर) र मेमोग्राम परीक्षण हुनेछ । यस्तै परिचय पत्र वा शिफारिसका आधारमा कर्मचारी र जनप्रतिनिधिका लागि विहान ७ बजेदेखि बजेदेखि साढे ८ बजेसम्म पूर्ण शारीरिक परीक्षण सेवा उपलब्ध हुनेछ । यसमा युएसजी, इसीजी, युरिन, युरिक एसिड, ब्लड सुगर, लिपिड प्रोफाइलसहित विभिन्न १६ प्रकारका प्रयोगशाला परीक्षण हुनेछ ।

समझदारी पत्रमा हस्ताक्षर गरिसकेपछि अस्पतालका प्रमुख कार्यकारी निर्देशक पौडेलले, सम्भावित महामारी तथा आकस्मिक रूपमा देखा पर्न सक्ने रोगहरूको न्यूनीकरण, रोकथाम र उपचार, स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा सहजीकरण, स्वास्थ्य प्रणालीमा सुधार, स्रोत साधन तथा उपकरणको व्यवस्थापन, भौतिक संरचना निर्माण तथा मर्मत सम्भार, पार्किङ व्यवस्थापन लगायत संस्थागत क्षमता अभिवृद्धि र अस्पतालजन्य फोहरमैलाको व्यवस्थापनमा समन्वय र सहजीकरणका लागि आपसी काम हुने बताउनुभयो ।

महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट पठाइएका विरामीहरुको छुट्टै कक्षबाट उपचार गरिनेछ । महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रबाट गरिएका जाँच तथा स्वास्थ्य परीक्षण प्रतिवेदनलाई अस्पतालले मान्यता दिनेछ । यसअन्तर्गत हुने कार्यक्रमलाई महानगरपालिकाको स्वास्थ्य विभाग र अस्पताल प्रशासन शाखाले गर्नेछ ।

अस्पताल निर्माण अवधिमा गरिएका प्रतिवद्धता अब कार्यान्वयन गराउँदै लैजानु पर्छ । आँगनमा भएको अस्पतालसँग वडा ३१ बासीले गरेका अपेक्षा पूरा गराउन सहकार्य गर्नु पर्नेछ । समझदारी पत्रमा हस्ताक्षर भइसकेपछि वडा ३१ का अध्यक्ष सरोज ढकालले धारणा राख्नुभयो ।


प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?