Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अझै सम्पन्न भएन शीतभण्डार


६ चैत्र, बर्दिबास । बर्दिबास नगरपालिकाका किसानले शीतभण्डार सञ्चालनको माग गरेका छन् । चिस्यानघर तयार भएपछि तरकारी र फलफूल उत्पादन भण्डारण गरेर मागका बेला राम्रो मूल्यमा बेच्ने आशमा उनीहरु छन् । काम थालिएको चार वर्ष नाघ्दासम्म निर्माण सम्पन्न नभएपछि यहाँका किसानमा यो कहिले बनीसक्ने हो भन्ने कौतुहलता बढेको छ ।

“यो त तीन वर्षभित्र सञ्चालन भइसक्ने कुरा थियो”, निर्माणाधिन चिस्यानघरतर्फ देखाउँदै बर्दिबास–६ का किसान विनोद ठाकुरले भने, “खै सञ्चालनको अत्तोपत्तो देखिँदैन”, चार वर्षअघि ९२०७५० मा निर्माण थालिएको चिस्यानघर तीन वर्षभित्रै सञ्चालन भइसक्ने त्यतिखेरै बताए पनि यो काम अझै सम्पन्न नभइसक्दा आम किसानमा यसबारे चासो बढेको हो ।

बर्दिबास २, ६ र ८ को मध्यमा रातु नदी उकास जग्गाको ‘मोडल एग्रो भिलेज’ क्षेत्रभित्र निर्माणाधीन चिस्यानघर देखाउँदै जोडिएकै बर्दिबास–८ हात्तीलेट बस्तीका भोला श्रेष्ठले भने, “शीतभण्डारमा उत्पादन थन्क्याएर मागका बेला झिकेर बेच्ने आश पूरा हुन्न कि क्या हो र”

यसअघि २०७५ सालमा तत्कालीन नगरप्रमुख विदुरकुमार कार्कीले थाल्नुभएको नगरको महत्वाकांक्षी योजना बर्दिबास मेयर कृषि कार्यक्रमको ‘मोडल एग्रो भिलेज’ क्षेत्रभित्रै चिस्यानघर निर्माण थालिएको हो । गत वैशाखमा स्थानीयतहको निर्वाचनले नयाँ नेतृत्व आएपछि यो योजनाले प्राथमिकता नपाएको हो कि भन्ने अहिले नगरवासीमा संसय देखिन्छ ।

“यो कृषि गाउँ (मोडल एग्रो भिलेज) र यसभित्रका संरचना कहिले तयार होलान् भन्ने कौतुहलता छ”, बर्दिबास–९ का पूर्ववडाध्यक्ष टेकवीर रखालले भने, “सिङ्गो मधेस प्रदेशकै लागि नमूना बन्ने यो कामलाई अहिलेको नगर नेतृत्वले ध्यान दिनपर्छ ।” कूल रु २२ करोडको अनुमानित लागतमा निर्माण थालिएको चिस्यानघरमा तीन हजार मेट्रिक टन कृषि उत्पादन भण्डारण गर्ने क्षमता हुने इष्टिमेटमा उल्लेख छ । फरकफरक १२ प्रकारले कृषि उत्पादन सुंरक्षण गर्न सकिने (फरक फरक कृषिउपजको भण्डारण गरिँदा तिनलाई चाहिने तापमान फरक हुन्छ, यसरी यो निर्माणाधीन चिस्यानघरमा फरकफरक १२ प्रकृतिले सुरक्षण गर्न सकिने उल्लेख छ) यो चिस्यानघरसँगै पशु प्रजनन प्रयोजनको वीर्य बैंक र पूर्वउपचारका लागि खोप बैंक रहने निर्माण प्रस्तावमा उल्लेख छ ।

अत्याधुनिक चिस्यानघर निर्माणले कृषि उत्पादन यहाँ भण्डारण गरेर उच्च मागको बेला बजार पु¥याउन सकिने अवस्था सुनिश्चित गर्ने र अपेक्षित मूल्य पाइने किसानले आश सँगालेका छन् तर निर्माण कार्यको गति निकै सुस्त हुँदा यो कहिले बनीसक्ने हो भन्ने चिन्ता बढेको बर्दिबास–२ का किसान उमेश आचार्यले बताए।

“उत्पादित कृषि फसल बजार पु¥याएर कौडीमा दाममा दिनुपरेको छ”, बर्दिबास–९ पशुपतिनगरका किसान जवाहर महतोले भने, “अब भने बल्ल शीतभण्डार (चिस्यानघर, कोल्डस्टोरेज) बन्ने भएछ भन्ने लागेको थियो, तर खै काम नै अघि बढेको देखिन्न”, चिस्यानघरमा उत्पादित कृषि फसल भण्डारण गरेर बजारमा माग बढेका बेला निकाल्दा राम्रो मूल्य पाउने जवाहरसहितका किसानले आश सँगाल्दै आएका छन् ।

चिस्यानघर निर्माणको काम अहिले पनि प्राथमिकतामै रहेको हालका नगरप्रमुख प्रह्लादकुमार क्षत्रीले बताए । “हामी (अहिलेको जनप्रतिनिधि टिम) ले काम थालेको त १० महिना त भयो, सुरुका केही दिन अलमल भए पनि हामीले बर्दिबास कृषि कार्यक्रमको मोडल एग्रो भिलेज र चिस्यानघर निर्माणको कामलाई प्राथमिकतामै राखेका छौँ”, नगरप्रमुख क्षत्रीले भने, “चालु आर्थिक वर्ष ९२०७९÷०८०० मै यो योजनामा रु ५० लाख विनियोजित छ, कहिलेकाहीँ दक्ष जनशक्ति घटबढ हुँदा काम गतिमा बढ्न नसकेको भने हो”, मोडल एग्रो भिलेजको कामले अब गति लिने क्षत्रीको भनाइ छ । “हामी मोडल एग्रो भिलेजको कामलाई बढाउँदैछौँ, चिस्यानघर यसैको अंश त हो”, क्षत्रीले भने ।

कूल रु २२ करोड अनुमानित लागत (२०७५ को) मा निर्माण थालिएको चिस्यानघरको बाहिरी संरचना निर्माण भइसकेको छ । यसमा हालसम्म रु छ करोड खर्च भएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । नगर कार्यपालिका कार्यालयले २०७५ मै मेयर कृषि कार्यक्रम (अब बर्दिबास कृषि कार्यक्रम) सञ्चालनका लागि छुट्याएको बर्दिवास २, ६ र ८ नम्बर वाडमा पर्ने एउटै प्लटमा ८४ बिघा जग्गा छ । सोही जग्गाभित्र शीतभण्डार निर्माण गरिँदै छ ।

नगरमा बर्दिबास कृषि कार्यक्रमअन्तर्गतको मोडल एग्रो भिलेज नमूना कृषिस्थल बनाइने नगरपालिकाले जनाएको छ । यहाँबाट अभिलेखीय प्रणालीको कृषि व्यवस्थित गरिने छ । “बर्दिबास कृषि कार्यक्रममा हामी नगरका सबै किसानलाई समेट्छौँ”, नगरप्रमुख क्षत्रीले भने, “कुन किसानले कुन बाली कति क्षेत्रफलमा लगाउँदैछन् रु यो कति उत्पादन हुनसक्छ रु यसकोे अभिलेख खडा गरेर उत्पादित फसलको बजारसमेत पक्का गर्ने कार्यक्रमको उद्देश्य हो । ”

सिँचाइ, खादमल, बीउबिजन र बजार किसानसँग जोडिएका विषय र स्वस्थ्यकर विषादीरहित उत्पादन उपभोक्तासम्म पु¥याउने कुरालाई कार्यक्रममा समावेश गरिएको प्रमुख क्षत्रीले स्पष्ट पारे । यसले चाँडै किसानका लागि सेवा दिने उनको भनाइ छ ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?