Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

उपनिर्वाचन: इलाम २ मा २०, बझाङमा १२ उम्मेदवार !


काठमाडौं । इलाम २ र बझाङ प्रदेशसभा १ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवम् शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता सम्पन्न भएको छ ।

निर्वाचन आयोगकाअनुसार इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने सबै पुरूष छन् ।

जसमा कांग्रेसका डम्बरबहादुर खड्का, एमालेका सुहाङ नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन कुमार योङयाङ लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ्ग, एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेम कुमार थाम्सुहाङ, नेमकिपाका श्यामबहादुर दर्जी, राप्रपा नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, मंगोल नेशनल अर्गनाइजेशनका मनि बहादुर लिम्वू, नेपाली जनता दलका रेशमबहादुर सुनार छन् । यसैगरी अर्जुनबहादुर शाही, केशव कुमार चापागाईँ, डकेन्द्र सिंह लिम्बु, डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ्ग, राज बस्यालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी बझाङ १ को प्रदेश सभा सदस्यका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ । जसमध्ये १ जना महिला र ११ जना पुरूष छन् । जसमा काँग्रेसका अभिषेकबहादुर सिंह, एमालेका दमन बहादुर भण्डारी, माओवादीका जनकबहादुर बुढा, राप्रपाका किशोर कुमार खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका राम बहादुर जाग्री, जनमतका सुशीलादेवी विष्ट, नेमकिपाका खगेन्द्र बहादुर शाही, नेपाली जनता दलका अशोक सुनार, नेशनल रिपब्लिक नेपालका कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्र बहादुर थापा र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपक बहादुर खड्का छन् ।


प्रकाशित मिति: २४ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?