Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

उपनिर्वाचन: इलाम २ मा २०, बझाङमा १२ उम्मेदवार !


काठमाडौं । इलाम २ र बझाङ प्रदेशसभा १ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवम् शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता सम्पन्न भएको छ ।

निर्वाचन आयोगकाअनुसार इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने सबै पुरूष छन् ।

जसमा कांग्रेसका डम्बरबहादुर खड्का, एमालेका सुहाङ नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन कुमार योङयाङ लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ्ग, एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेम कुमार थाम्सुहाङ, नेमकिपाका श्यामबहादुर दर्जी, राप्रपा नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, मंगोल नेशनल अर्गनाइजेशनका मनि बहादुर लिम्वू, नेपाली जनता दलका रेशमबहादुर सुनार छन् । यसैगरी अर्जुनबहादुर शाही, केशव कुमार चापागाईँ, डकेन्द्र सिंह लिम्बु, डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ्ग, राज बस्यालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी बझाङ १ को प्रदेश सभा सदस्यका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ । जसमध्ये १ जना महिला र ११ जना पुरूष छन् । जसमा काँग्रेसका अभिषेकबहादुर सिंह, एमालेका दमन बहादुर भण्डारी, माओवादीका जनकबहादुर बुढा, राप्रपाका किशोर कुमार खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका राम बहादुर जाग्री, जनमतका सुशीलादेवी विष्ट, नेमकिपाका खगेन्द्र बहादुर शाही, नेपाली जनता दलका अशोक सुनार, नेशनल रिपब्लिक नेपालका कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्र बहादुर थापा र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपक बहादुर खड्का छन् ।


प्रकाशित मिति: २४ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?