Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

ललितपुरको मेटल उद्योगमा आगलागी, एक जनाको मृत्यु


काठमाडौँ । ललितपुर महानगरपालिका-२३ स्थित हात्तिवनमा सिक्मा मेटल उद्योगमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी भएको स्थानमा जलेको अवस्थामा शव फेला परेको छ ।

कृष्ण लेत्फे र भीम लेत्फे सञ्चालक रहेको सिक्मा मेटल इन्टेक्समा आगलागी भएको थियो । विद्युत् शर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । शव जलेको अबस्थामा भएको कारण शवको पहिचान खुल्न सकेको छैन ।  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २४ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?