Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

इलाम २ मा बाबुरामको समर्थन थेगिमलाई


काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा इलाम २ मा स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ। पहिचानवादीको तर्फबाट उम्मेदवार बनेका थेगिमलाई समर्थन गर्ने निर्णय भएको नेसपा प्रवक्ता कृष्ण शर्माले विज्ञप्ति जारी गर्दै बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ- परम्परागत राजनैतिक दलहरूको सिन्डिकेट, सत्ता स्वार्थ र संसदीय राजनीतिको चङ्गुलबाट देशलाई अग्रगामी निकास दिन आवश्यक छ । अतः समतामूलक समृद्धि, पहिचान र सामर्थ्य सहितको संघीयता, सुशासन/सदाचार, राष्ट्रिय स्वाधीनता र समुन्नत समाजवादका पक्षधर स्वतन्त्र उम्मेदवार डाकेन्द्र सिंह थेगिमलाई मतदान गरी विजयी गराउन सम्पूर्ण मतदाताहरूमा हाम्रो पार्टी हार्दिक आव्हान गर्दछ ।


प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?