Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

उपचुनावः इलाममा ४२२ र बझाङमा ६३८ मतदाता थपिए


इलाम । आगामी बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपचुनावका लागि निर्वाचन आयोगले मतदाता संख्या टुंगो लगाएको छ । बझाङको प्रदेशसभा उपचुनावका मतदाताको पनि संख्या टुंगो लागेको छ ।निर्वाचन आयोगका अनुसार इलाम क्षेत्र नम्बर २ मा गत वर्षभन्दा ४२२ जना मतदाता थपिएका छन् ।

गत ०७९ को चुनावमा यस क्षेत्रमा १ लाख १५ हजार ४६७ जना मतदाता थिए । यसपटकको उपचुनावमा कुल मतदाता संख्या १ लाख १५ हजार ८८९ पुगेको छ । त्यस्तै बझाङको उपनिर्वाचनमा गतवर्षको भन्दा ६३८ जना मतदाता थपिएका छन् ।

बझाङको प्रदेशसभा १ मा ६१ हजार ७४८ जना मतदाता कायम भएका छन् । यसैवीच निर्वाचन आयोगले ०८१ साल बैशाख १४ गते १८ वर्ष उमेर पुग्ने जनसंख्याका आधारमा देशभरिका मतदाताहरुको अन्तिम नामावली टुंगो लगाएको छ । आयोगका अनुसार ०७९ यता देशभरि ८७ हजार ४१७ जना नयाँ मतदाता थपिएका छन् ।


प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?