Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

उपचुनावः इलाममा ४२२ र बझाङमा ६३८ मतदाता थपिए


इलाम । आगामी बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपचुनावका लागि निर्वाचन आयोगले मतदाता संख्या टुंगो लगाएको छ । बझाङको प्रदेशसभा उपचुनावका मतदाताको पनि संख्या टुंगो लागेको छ ।निर्वाचन आयोगका अनुसार इलाम क्षेत्र नम्बर २ मा गत वर्षभन्दा ४२२ जना मतदाता थपिएका छन् ।

गत ०७९ को चुनावमा यस क्षेत्रमा १ लाख १५ हजार ४६७ जना मतदाता थिए । यसपटकको उपचुनावमा कुल मतदाता संख्या १ लाख १५ हजार ८८९ पुगेको छ । त्यस्तै बझाङको उपनिर्वाचनमा गतवर्षको भन्दा ६३८ जना मतदाता थपिएका छन् ।

बझाङको प्रदेशसभा १ मा ६१ हजार ७४८ जना मतदाता कायम भएका छन् । यसैवीच निर्वाचन आयोगले ०८१ साल बैशाख १४ गते १८ वर्ष उमेर पुग्ने जनसंख्याका आधारमा देशभरिका मतदाताहरुको अन्तिम नामावली टुंगो लगाएको छ । आयोगका अनुसार ०७९ यता देशभरि ८७ हजार ४१७ जना नयाँ मतदाता थपिएका छन् ।


प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?