Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

फ्रान्ज काफ्काकाे फेमस चिठ्ठी: प्रेम फेरी फर्किएर आउनेछ !


फ्रान्ज काफ्का (१८८३-१९२४) ४० वर्षको उमेर हुँदा पनि कहिल्यै विवाह गरेका थिएनन्, उनका कुनै सन्तान थिएनन् । एकदिन बर्लिनको पार्कमा हिंड्दा उनले एकजना सानी केटीलाई भेटे जो रोइरहेकी थिइन् । किनभने उनले आफ्नो मनपर्ने गुडिया गुमाएको थिइन् । त्यो देखेर काफ्का दुखी भए । ती सानीक केटी र काफ्का मिलेर निकैबेर गुडिया खोजे, तर असफल भए। काफ्काले उनलाई भोलिपल्ट त्यही ठाउँमा भेट्ने र फेरी खोजौला भनेर हिँडे ।

भोलिपल्ट, जब उनीहरूले खोज्दा पनि पुतली फेला परेन, तब काफ्काले केटीलाई गुडियाले लेखेको भनेर ती बच्चीलाई एउटा चिठ्ठी दिए, जहाँ लेखिएको थियो; “कृपया नरोऊ। म संसार घुम्नको लागि यात्रामा निस्किएको छु । बरू म तिमीलाई मेरो साहसिक यात्राको बारेमा सधै लेखिरहने छु ।”

यसपछि काफ्काले हप्ता दिनमा ती बच्चिलाई चिठी लेख्न थाले, गुडियाको नाम राखेर ।

ती बच्चि गुडियाले पठाएको चिठ्ठी पढ्थीन र निक्कै खुसी हुन्थिन । किनभने त्यहाँ संसार घुम्दाका रोमाञ्चक कुराहरू लेखिएको हुन्थ्यो ।

एकदिन कफ्काले आफैले एउटा नयाँ गुडिया किनेर ल्याए । र, ती बच्चीलाई दिंदै भने, ‘हेर त, तिम्रो गुडिया संसार घुमेर फर्केर आएछ ।’

त्यो बच्चीले गुडिया हेर्दै भनिन, ‘त्यो त मेरो गुडिया जस्तो देखिदैन ।’

काफ्काले उनलाई अर्को चिठी दिए, जसमा पुतलीले लेखेको थियो: “म तिम्रै प्यारो गुडिया हु, यो यात्राले गर्दा म फेरिएको मात्र हो ।” यो पढेर सानी केटीले नयाँ गुडियालाई अँगालो हालेर खुशी हुँदै घर ल्याई।
एक वर्षपछि काफ्काको मृत्यु भयो। धेरै वर्ष पछि, त्यो सानी केटी वयस्क भैसकेको थिइन् । एकदिन ती केटीले पुतली भित्र एउटा पत्र भेट्टाइन । त्यहाँ काफ्काले हस्ताक्षर गरेको सानो पत्र थियो, जहाँ यस्तो लेखिएको थियो:

“सानी नानी, यो संसारमा तिमी-हामीले माया गर्ने हरेक कुरा हराएर जान्छन । तर, अन्त्यमा सबै प्रेम अर्को कुनै रूपमा फेरी हामीसँग फर्किएर आउनेछ । वस्, त्यसलाई चिन्न र स्वीकार गर्न सक्नुपर्छ ।”


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?