Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

महिलाहरुलाई रोजगारी सिर्जना गर्न इलाममा सेनिटरी प्याड उद्योग


इलाम। इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन ।

उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताउँदै उनले भनिन , “कूल रु २५ लाख लागत रहेको हाम्रो उद्योगलाई नगरपालिकाले तीन लाख २० हजार अनुदान दिएको छ । दश लाख ऋण लिएका छौँ । बाँकी सबै संस्थाको लगानी हो ।”

उद्योगले हाल ‘ब्रान्डिङ, प्याकेजिङ, लेवलिङ’को काम गरिरहेको संस्थाकी अध्यक्ष बबिता लिङदमले जानकारी दिएकि छिन । उद्योगमा बजारको अवस्था हेरेर उत्पादनका सबै काम गरिने उनले बताइन । उनका अनुसार उद्योगमा अहिले दुई जना महिला कार्यरत छन् ।


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?