Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

फिनल्याण्डको एक विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते


फिन्ल्याण्ड। फिनल्याण्डको राजधानी हेलसिन्की बाहिर भान्ताको एक विद्यालयमा मंगलबार गोली चल्दा तीन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । गोली चलाउने नावालिगलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । करिब ८०० जना विद्यार्थी र ९० जना कर्मचारी भएको यस विद्यालयमा कक्षा एक देखि नौ सम्म अध्ययन गर्ने ७-१५ वर्ष उमेर समूहका बालबालिकाहरू रहेको स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार गोलीकाण्डमा बालबालिकाहरू घाइते भएका छन् । प्रहरीलाई बिहान घटनाको जानकारी भएपछि घटनास्थलमा तैनाथ गरिएको थियो भने पछि संदिग्ध र घाइते दुवै नाबालिग भएको पुष्टि गरिएको थियो । गोलिकाण्ड पछि भान्ताको संकट समूहको सहर सक्रिय भएको स्थानीय मिडियाले जनाएका छन् । घटनास्थलका तस्बिरहरूले विद्यालयमा ठुलो सङ्ख्यामा प्रहरी रहेको देखाएको छ ।

प्रहरीले जनतालाई संकटग्रस्त क्षेत्रबाट टाढा रहि सम्भव भए सम्म घरभित्रै बस्न आग्रह गरेको छ । अपरिचितहरूका लागि ढोका नखोल्न समेत पनि प्रहरीले विज्ञप्तिमार्फत जनतालाई सुचजना जारी गरेको छ । यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार फिनल्याण्डको विद्यालयमा गोली चल्दा केही विद्यार्थी घाइते भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धत गर्दै सिन्ह्वाले जनाएको छ ।


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?