Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

फिनल्याण्डको एक विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते


फिन्ल्याण्ड। फिनल्याण्डको राजधानी हेलसिन्की बाहिर भान्ताको एक विद्यालयमा मंगलबार गोली चल्दा तीन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । गोली चलाउने नावालिगलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । करिब ८०० जना विद्यार्थी र ९० जना कर्मचारी भएको यस विद्यालयमा कक्षा एक देखि नौ सम्म अध्ययन गर्ने ७-१५ वर्ष उमेर समूहका बालबालिकाहरू रहेको स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार गोलीकाण्डमा बालबालिकाहरू घाइते भएका छन् । प्रहरीलाई बिहान घटनाको जानकारी भएपछि घटनास्थलमा तैनाथ गरिएको थियो भने पछि संदिग्ध र घाइते दुवै नाबालिग भएको पुष्टि गरिएको थियो । गोलिकाण्ड पछि भान्ताको संकट समूहको सहर सक्रिय भएको स्थानीय मिडियाले जनाएका छन् । घटनास्थलका तस्बिरहरूले विद्यालयमा ठुलो सङ्ख्यामा प्रहरी रहेको देखाएको छ ।

प्रहरीले जनतालाई संकटग्रस्त क्षेत्रबाट टाढा रहि सम्भव भए सम्म घरभित्रै बस्न आग्रह गरेको छ । अपरिचितहरूका लागि ढोका नखोल्न समेत पनि प्रहरीले विज्ञप्तिमार्फत जनतालाई सुचजना जारी गरेको छ । यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार फिनल्याण्डको विद्यालयमा गोली चल्दा केही विद्यार्थी घाइते भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धत गर्दै सिन्ह्वाले जनाएको छ ।


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?