Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

५ महिनामा नदी क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर संकलन


काठमाडौँ । ‘नदी सफाइ’ स्वर्णिम योजनाअन्तर्गत काठमाडौँ महानगरपालिकाले गएको ५ महिना (कार्तिक, मंसिर, पुस, माघ र फागुन) मा नदी किनार र जलवहाव क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर निकालेको छ । यसका लागि ७ हजार ६९४ जना जनशक्ति परिचालन गरिएको छ । सहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोतको प्रयोग गर्नु पर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको हो । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार, आवश्यकताका आधारमा एक्साभेटरसहित उपकरण प्रयोग गरिएको थियो ।

महिनागत रुपमा हेर्दा कार्तिकदेखि फागुनसम्म क्रमशः १ हजार ४ सय, ३ हजार ७३१, १ हजार १२६, ७२५ र ७१२ जना जनशक्ति परिचालन भएका छन् । यी जनशक्ति श्रम बैङ्कबाट लिइएका हुन् । योजनाका फोकल पर्सन एवं महानगरपालिकाका उपनिर्देशक सानुमैया महर्जनका अनुसार यी महिनाहरुमा क्रमशः ८४६, ८४६, २७१, १४४, १७१ र १४१ मेट्रिक टन फोहोर निकालेर व्यवस्थापन गरिएको छ ।

योजना कार्यान्वयन गर्ने क्रममा असोज ३० गतेदेखि नदी किनाराको सरसफाइ थालिएको हो । फागुन २० गतेदेखि नदीभित्र प्रवेश गरेर फोहोर निकाल्न थालिएको हो । गएको मंसिर १ गतेदेखि सहरी सरसफाइका लागि थप गरिएका ३ सय जना जनशक्तिले पनि काम गरिरहेका छन् । उनीहरुलाई नदी किनारा, सडक, पार्क र सार्वजनिक स्थलको सफाइमा खटाउने गरिएको छ ।सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लाष्टिक रहेको छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ ।


प्रकाशित मिति: १८ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?