Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

धनगढी उपमहानगरका मेयरकी छोरी भारतमा बेपत्ता !


काठमाडाैं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतमा सम्पर्कविहीन भएकी छिन्। मेयर हमालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस देख्दै आफ्नी जेठी छोरी भारतमा सम्पर्कविहीन भएको बताएका छन्। उनका अनुसार हमालकी जेठी छोरी ओशो साधक भएको र केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको बताएका छन्।

‘मेरी जेठो छोरी आरती ओशो साधक हुन्, उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ, दिदीबहिनीहरूले खोजीकार्यमा सहयोग गरिदिनुहुन विनम्र अपिल गर्दछु,’ उनले लेखेका छन्, ‘साथै मेरी कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातिको प्लेनमा गोवा पुगिरहेकाले मोबाइल नम्बर नं. ९७९४०९६०१४/८२७३५३८१३२/९३८९६०७९५२ मा सम्पर्क गरी त्यहाँ आवश्यक सहयोग एवं खोजीकार्यमा सहजीकरण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।’


प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?