Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

गाजामा तुरुन्त युद्धविराम प्रस्ताव राष्ट्रसंघको सुरक्षा परिषदबाट पास


काठमाडौँ। पहिलो पटक संयुक्त राष्ट्रसंघबाट गाजामा युद्धविरामको प्रस्ताव पारित भएको छ ।इजरायलको पक्षमा उभिदै आएको अमेरिका मौन बसे पछि पहिलो पटक सुरक्षा परिषदबाट युद्धविरामको प्रस्ताव पारित भएको हो ।

पाँच महिनाभन्दा बढी समयदेखि जारी इजरायल–हमास युद्धमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सोमबार पहिलो पटक तत्काल युद्धविरामको माग गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।अघिल्लो मस्यौदामा भिटो लगाएको इजरायलको सहयोगी अमेरिकाले यस प्रकियामा भने भाग लिएन। चलिरहेको इस्लामिक पवित्र महिना रमजानको लागि तत्काल युद्धविरामको माग गरिएको छ ।

यसमा सुरक्षा परिषद्का अन्य १४ सदस्यले उक्त प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रस्तावमा स्थायी र दिगो युद्धविरामका उपायहरूका साथै हमास र अन्य विद्रोहीहरूबाट बन्धक बनाएकाहरूलाई रिहा गर्न आह्वान गरेको थियो। सफल प्रस्तावको मस्यौदा आंशिक रूपमा सुरक्षा परिषदमा अरब ब्लकको वर्तमान सदस्य अल्जेरियाले बनाएको थियो भने स्लोभेनिया र स्विट्जरल्याण्डलगायत अन्य देशहरू पनि यसमा सामेल भएका थिए ।

तर, रुस र चीनले यसलाई अवरुद्ध गरेका थिए । गाजामा आफ्नो कारबाही रोक्न इजरायलको स्पष्ट माग पूरा नराखेको भन्दै अरब देशहरूको आलोचना गरेका थिए ।


प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?