Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

गाजामा तुरुन्त युद्धविराम प्रस्ताव राष्ट्रसंघको सुरक्षा परिषदबाट पास


काठमाडौँ। पहिलो पटक संयुक्त राष्ट्रसंघबाट गाजामा युद्धविरामको प्रस्ताव पारित भएको छ ।इजरायलको पक्षमा उभिदै आएको अमेरिका मौन बसे पछि पहिलो पटक सुरक्षा परिषदबाट युद्धविरामको प्रस्ताव पारित भएको हो ।

पाँच महिनाभन्दा बढी समयदेखि जारी इजरायल–हमास युद्धमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सोमबार पहिलो पटक तत्काल युद्धविरामको माग गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।अघिल्लो मस्यौदामा भिटो लगाएको इजरायलको सहयोगी अमेरिकाले यस प्रकियामा भने भाग लिएन। चलिरहेको इस्लामिक पवित्र महिना रमजानको लागि तत्काल युद्धविरामको माग गरिएको छ ।

यसमा सुरक्षा परिषद्का अन्य १४ सदस्यले उक्त प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रस्तावमा स्थायी र दिगो युद्धविरामका उपायहरूका साथै हमास र अन्य विद्रोहीहरूबाट बन्धक बनाएकाहरूलाई रिहा गर्न आह्वान गरेको थियो। सफल प्रस्तावको मस्यौदा आंशिक रूपमा सुरक्षा परिषदमा अरब ब्लकको वर्तमान सदस्य अल्जेरियाले बनाएको थियो भने स्लोभेनिया र स्विट्जरल्याण्डलगायत अन्य देशहरू पनि यसमा सामेल भएका थिए ।

तर, रुस र चीनले यसलाई अवरुद्ध गरेका थिए । गाजामा आफ्नो कारबाही रोक्न इजरायलको स्पष्ट माग पूरा नराखेको भन्दै अरब देशहरूको आलोचना गरेका थिए ।


प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?