Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

चियाका पारखी हुनुहुन्छ? थाहा पाउनुहाेस चिया पिउनुका ६ बेफाइदा


काठमाडौं । बिहान उठ्ने वित्तिकै चिया पिउने बानी धेरैको हुन्छ । स्वादका लागि बाक्लो दुध हालेको चिया पिएर दिनको सुरुवात गर्ने चलनजस्तै बनेको छ । चियाका पारखी, अझ भनौं अम्मली नै धेरै छन् । अम्मलअनुसार चियाका अनेक प्रकारहरु चलनचल्तीमा आउँछ । चिया अम्मलीकै कारण गाउँ, सहरका हरेक गल्लीमा चियाका पसल फष्टाएको सजिलै देख्न सकिन्छ ।

कतिपयलाई त बिहानै चिया नखाए टाउको दुख्ने गर्छ । चियाले टाउको दुखाई कम गर्ने होइन । नियमित चिया पिउने बानी परेको व्यक्तिलाई एकदिन पिउन मस्तिष्कले गर्ने नकारात्मक प्रतिक्रियाका कारण टाउको दुख्ने गरेको हो ।दिनमा एकदुई कप चिया पिउने त धेरै हुन्छन् । तर हरेक दिन अत्यधिक चिया पिउने गर्दा स्वास्थ्यलाई बेफाइदा गर्छ ।

अनिन्द्राको प्रमुख कारण चिया पनि हो । धेरै चिया पिउँदा निन्द्रा भाग्ने समस्या आउँछ । चियामा हुने क्याफिनले निन्द्राको चक्रलाई प्रभावित गर्छ ।

धेरै क्याफिनले पाचनशक्ति कमजोर बनाउँछ । त्यस्तै चियामा भएको टेनिनले कब्जियत गराउँछ । यसको प्रभाव रक्सीसँग एकदमै मिल्दोजुल्दो छ । चिया खाएपछि सुरुमा ताजगिपनको अनुभव हुन्छ, तर केहिबेर पछि मुख सुक्ने र थकान महशुस हुन्छ ।

चिया अत्यधिक सेवनले आमाकासाथै पेटमा भएको बच्चाको स्वास्थ्यलाई पनि हानि गर्छ । गर्भावस्थामा क्याफिनमुक्त चिया वा हर्बल चिया खानुपर्छ ।

चियाले तनावमुक्त बनाएर ताजगी दिन्छ भनेर पिउने गरिन्छ । तर यथार्थमा भने यो मान्यता गलत छ । चिया पिउने बानीले उल्टै तनाव बढाउँछ । चियामा हुने क्याफिनले बेचैनी पैदा गर्छ । त्यसैले तनाब बढेमा चिया कम गर्नु पर्छ ।

विशेष रुपमा अत्यधिक चिया पिउनाले मानिसमा नर्भसनेस हुन्छ । यो चियामा भएको टेनिनको कारणले हुने गर्छ ।

चिया अधिक पिउनाले अम्लपित्त (एसिडिटी) को समस्या हुनसक्छ । चियामा भएको क्याफिनले पेटमा एसिडलाई बढाउँछ । जसले अम्लपित्त, पेट सुन्निने, बेचैनी हुने गर्छ ।


प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?