Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

चियाका पारखी हुनुहुन्छ? थाहा पाउनुहाेस चिया पिउनुका ६ बेफाइदा


काठमाडौं । बिहान उठ्ने वित्तिकै चिया पिउने बानी धेरैको हुन्छ । स्वादका लागि बाक्लो दुध हालेको चिया पिएर दिनको सुरुवात गर्ने चलनजस्तै बनेको छ । चियाका पारखी, अझ भनौं अम्मली नै धेरै छन् । अम्मलअनुसार चियाका अनेक प्रकारहरु चलनचल्तीमा आउँछ । चिया अम्मलीकै कारण गाउँ, सहरका हरेक गल्लीमा चियाका पसल फष्टाएको सजिलै देख्न सकिन्छ ।

कतिपयलाई त बिहानै चिया नखाए टाउको दुख्ने गर्छ । चियाले टाउको दुखाई कम गर्ने होइन । नियमित चिया पिउने बानी परेको व्यक्तिलाई एकदिन पिउन मस्तिष्कले गर्ने नकारात्मक प्रतिक्रियाका कारण टाउको दुख्ने गरेको हो ।दिनमा एकदुई कप चिया पिउने त धेरै हुन्छन् । तर हरेक दिन अत्यधिक चिया पिउने गर्दा स्वास्थ्यलाई बेफाइदा गर्छ ।

अनिन्द्राको प्रमुख कारण चिया पनि हो । धेरै चिया पिउँदा निन्द्रा भाग्ने समस्या आउँछ । चियामा हुने क्याफिनले निन्द्राको चक्रलाई प्रभावित गर्छ ।

धेरै क्याफिनले पाचनशक्ति कमजोर बनाउँछ । त्यस्तै चियामा भएको टेनिनले कब्जियत गराउँछ । यसको प्रभाव रक्सीसँग एकदमै मिल्दोजुल्दो छ । चिया खाएपछि सुरुमा ताजगिपनको अनुभव हुन्छ, तर केहिबेर पछि मुख सुक्ने र थकान महशुस हुन्छ ।

चिया अत्यधिक सेवनले आमाकासाथै पेटमा भएको बच्चाको स्वास्थ्यलाई पनि हानि गर्छ । गर्भावस्थामा क्याफिनमुक्त चिया वा हर्बल चिया खानुपर्छ ।

चियाले तनावमुक्त बनाएर ताजगी दिन्छ भनेर पिउने गरिन्छ । तर यथार्थमा भने यो मान्यता गलत छ । चिया पिउने बानीले उल्टै तनाव बढाउँछ । चियामा हुने क्याफिनले बेचैनी पैदा गर्छ । त्यसैले तनाब बढेमा चिया कम गर्नु पर्छ ।

विशेष रुपमा अत्यधिक चिया पिउनाले मानिसमा नर्भसनेस हुन्छ । यो चियामा भएको टेनिनको कारणले हुने गर्छ ।

चिया अधिक पिउनाले अम्लपित्त (एसिडिटी) को समस्या हुनसक्छ । चियामा भएको क्याफिनले पेटमा एसिडलाई बढाउँछ । जसले अम्लपित्त, पेट सुन्निने, बेचैनी हुने गर्छ ।


प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?