Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अस्ट्रेलियामा विगत एक दशकमा अस्पताल भर्ना हुने दर तिब्र गतिले बढ्यो


काठमाडौँ। अस्ट्रेलियाली स्वास्थ्य तथा कल्याण संस्थानको नयाँ रिपोर्टअनुसार विगत एक दशकमा अस्ट्रेलियामा अस्पताल भर्ना हुने दर तिब्र गतिमा बढेको छ । रिपोर्टले अस्ट्रेलियाको अस्पताल प्रणालीमा बढ्दो दबाबलाई प्रकाश पारेको छ । जुन सार्वजनिक र निजी क्षेत्रहरूमा आपतकालीन र योजनावद्ध हेरचाहको बढ्दो मागले गर्दा रहेको छ ।

२०२३–२४ आर्थिक वर्षमा लगभग १ करोड २६ लाख अस्ट्रेलियालीहरूलाई अस्पताल भर्ना गरिएको थियो । जुन २०१४–१५ मा १०.२ मिलियन थियो । जनसंख्या वृद्धि आंशिक रूपमा जिम्मेवार भएपनि अस्पताल भर्नाको दर पनि बढेको छ । प्रति १ हजार व्यक्तिमा ४ सय ५ बाट ४ सय २१ भर्ना भएको रिपोर्टमा भनिएको छ । सार्वजनिक अस्पतालहरूले भर्नाको ५९ प्रतिशत हिस्सा ओगटेका थिए । निजी अस्पतालहरू सामान्यतया योजनावद्ध वा ऐच्छिक हेरचाहको लागि प्रयोग गरिन्छ । आकस्मिकता रेकर्ड गरिएका सबै भर्नाहरूमध्ये ६९ प्रतिशत ऐच्छिक थिए । जसमध्ये प्रायः योजनावद्ध शल्यक्रिया जस्ता निजी सुविधाहरूमा उपचार गरिएको थियो । जबकि ३१ प्रतिशत आपतकालीन थिए । जसमध्ये प्राय सार्वजनिक अस्पतालहरूले ह्यान्डल गरेका थिए ।

अस्पतालमा बस्ने समय फरक थियो । औसत अवधि २.७ दिन थियो । धेरैजसो भर्ना वा ६३ प्रतिशत एकै दिनमा थिए । विगत एक दशकमा गैर–भर्ना हेरचाह पनि बढेको छ । बाहिरी बिरामी सेवा घटनाहरू २०१४–१५ मा ३४.९ मिलियनबाट बढेर २०२३–२४ मा ४०.९ मिलियन पुगेको छ ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?