Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

जिम्मेवारीप्रति थप प्रोत्साहित हुन महानगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृत परियारको निर्देशन


काठमाडौँ । महानगर प्रहरी बलप्रति आम नागरिकका अपेक्षा बढेको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीति र नागरिकका अपेक्षाप्रति जिम्मेवार रहन निर्देशन दिनुभएको छ । बागदरबारस्थित प्रहरी बल, कार्यालयको निरीक्षण तथा नगर प्रहरीले सम्पादन गर्ने कामका विषयमा जानकारी लिएपछि नगर प्रहरी बलले आर्जन गरेको जनविश्वाशलाई आत्मीयतासँग जोड्दै लैजान निर्देशन दिनुभएको हो । ‘तपाईँहरुले धेरै काम गर्नु भएको छ । राजधानी सहरको व्यवस्थापनमा यसलाई बढाउनु र दिगो बनाउनु पर्ने छ ।’ उहाँको भनाइ थियो ।

‘नेतृत्वका नीति र नागरिकका अपेक्षालाई पूरा गराउन नगर प्रहरीको गहन जिम्मेवारी छ । यसलाई पूरा गराउन जनशक्ति थप गर्नु पर्ने अवस्था छ । आवश्यकताका आधारमा स्रोत, साधन तथा प्रविधिजन्य उपकरण उपलब्ध गराउनु पर्नेछ । यसका लागि म प्रतिवद्ध छु ।’ उहाँले भन्नुभयो, ‘उपलब्ध जनशक्तिको परिचालनबाट प्राप्त भएको उपलब्धिलाई बढाउँदै, संस्थागत गर्दै, क्षमता विकास गर्दै लैजाऔँ ।’ त्यस क्रममा उहाँले, पोशाकको गरिमा बचाउन निष्पक्षतामा संवेदनशील हुन आग्रह गर्नुभयो ।

‘प्रहरी बलले महानगरपालिकालाई ४ क्षेत्रमा विभाजन गरेको छ । यीमध्ये पूर्व र मध्य क्षेत्रको व्यवस्थापन गर्न नगर प्रहरी उपरीक्षकको नेतृत्वमा र पश्चिम र उत्तर क्षेत्रको व्यवस्थापन गर्न नायव प्रहरी उपरीक्षकको नेतृत्वमा टोली परिचालन हुने गरेको जानकारी छ ।’ प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भन्नुभयो, ‘वातावरण व्यवस्थापन, जुद्ध बारुण यन्त्र कार्यालय सञ्चालन, अनधिकृत सवारी पार्किङ् व्यवस्थापन, तार व्यवस्थापनलगायतका काममा नगर प्रहरी परिचालन गर्ने गरिएको छ ।’ निरीक्षणका क्रममा नियन्त्रण कक्ष सञ्चालन, खाना खाने मेस, पकाउने ठाउँ, बस्ने तथा सुत्ने कक्षको निरीक्षण तथा सवारी साधनहरुको अवस्था र परिचालन हेरिएको थियो ।


प्रकाशित मिति: ८ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?