Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

जिम्मेवारीप्रति थप प्रोत्साहित हुन महानगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृत परियारको निर्देशन


काठमाडौँ । महानगर प्रहरी बलप्रति आम नागरिकका अपेक्षा बढेको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीति र नागरिकका अपेक्षाप्रति जिम्मेवार रहन निर्देशन दिनुभएको छ । बागदरबारस्थित प्रहरी बल, कार्यालयको निरीक्षण तथा नगर प्रहरीले सम्पादन गर्ने कामका विषयमा जानकारी लिएपछि नगर प्रहरी बलले आर्जन गरेको जनविश्वाशलाई आत्मीयतासँग जोड्दै लैजान निर्देशन दिनुभएको हो । ‘तपाईँहरुले धेरै काम गर्नु भएको छ । राजधानी सहरको व्यवस्थापनमा यसलाई बढाउनु र दिगो बनाउनु पर्ने छ ।’ उहाँको भनाइ थियो ।

‘नेतृत्वका नीति र नागरिकका अपेक्षालाई पूरा गराउन नगर प्रहरीको गहन जिम्मेवारी छ । यसलाई पूरा गराउन जनशक्ति थप गर्नु पर्ने अवस्था छ । आवश्यकताका आधारमा स्रोत, साधन तथा प्रविधिजन्य उपकरण उपलब्ध गराउनु पर्नेछ । यसका लागि म प्रतिवद्ध छु ।’ उहाँले भन्नुभयो, ‘उपलब्ध जनशक्तिको परिचालनबाट प्राप्त भएको उपलब्धिलाई बढाउँदै, संस्थागत गर्दै, क्षमता विकास गर्दै लैजाऔँ ।’ त्यस क्रममा उहाँले, पोशाकको गरिमा बचाउन निष्पक्षतामा संवेदनशील हुन आग्रह गर्नुभयो ।

‘प्रहरी बलले महानगरपालिकालाई ४ क्षेत्रमा विभाजन गरेको छ । यीमध्ये पूर्व र मध्य क्षेत्रको व्यवस्थापन गर्न नगर प्रहरी उपरीक्षकको नेतृत्वमा र पश्चिम र उत्तर क्षेत्रको व्यवस्थापन गर्न नायव प्रहरी उपरीक्षकको नेतृत्वमा टोली परिचालन हुने गरेको जानकारी छ ।’ प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भन्नुभयो, ‘वातावरण व्यवस्थापन, जुद्ध बारुण यन्त्र कार्यालय सञ्चालन, अनधिकृत सवारी पार्किङ् व्यवस्थापन, तार व्यवस्थापनलगायतका काममा नगर प्रहरी परिचालन गर्ने गरिएको छ ।’ निरीक्षणका क्रममा नियन्त्रण कक्ष सञ्चालन, खाना खाने मेस, पकाउने ठाउँ, बस्ने तथा सुत्ने कक्षको निरीक्षण तथा सवारी साधनहरुको अवस्था र परिचालन हेरिएको थियो ।


प्रकाशित मिति: ८ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?