Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्रथम दन्त सामग्री व्यापार मेला शुक्रबारदेखि


शुक्रबारदेखि नेपाल दन्त सामाग्री वितरक सङ्घ र नेपाल डेन्टल एसोसियसनको सहकार्यमा प्रथम दन्त सामग्री व्यापार मेला तथा सम्मेलन सुरु हुने भएको छ । दन्त चिकित्सा सम्बन्धित सबै पक्षलाई समेट्ने उद्देश्यसहित ललितपुरको गोदावरी सनराइज सम्मेलन केन्द्रमा मेला आयोजना हुने भएको हो ।

नेपाल दन्त सामग्री वितरक सङ्घका अध्यक्ष शालिग्राम अर्यालले मेलाले अस्पताल, क्लिनिक, प्रयोगशाला तथा सम्पूर्ण पेसाकर्मीलाई गुणस्तरीय औजार तथा सामान सहजताका साथ उपलब्ध गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “मेलामा नेपालसँगै विभिन्न देशका एक सय ब्राण्डका प्रतिनिधिको ७० कक्ष हुनेछ ।” यही पुस २२, २३ र २४ गते सञ्चालन हुने मेलामा दन्त चिकित्सको सम्मेलनसमेत हुनेछ । एसोसियसनका केन्द्रीय सदस्य हरि वलीले नेपालका १३ र विभिन्न देशका पाँच दन्त चिकित्सकका विशेष सोधपत्रलगायत शैक्षिक प्रस्तुति हुनेछ भन्नुभयो ।

मेलामा देशभरबाट एक हजारभन्दा बढी चिकित्सक, विद्यार्थी तथा तीन हजार दन्त सामग्री वितरक सहभागी हुनेछन् ।


प्रकाशित मिति: २१ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?