Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

प्रथम दन्त सामग्री व्यापार मेला शुक्रबारदेखि


शुक्रबारदेखि नेपाल दन्त सामाग्री वितरक सङ्घ र नेपाल डेन्टल एसोसियसनको सहकार्यमा प्रथम दन्त सामग्री व्यापार मेला तथा सम्मेलन सुरु हुने भएको छ । दन्त चिकित्सा सम्बन्धित सबै पक्षलाई समेट्ने उद्देश्यसहित ललितपुरको गोदावरी सनराइज सम्मेलन केन्द्रमा मेला आयोजना हुने भएको हो ।

नेपाल दन्त सामग्री वितरक सङ्घका अध्यक्ष शालिग्राम अर्यालले मेलाले अस्पताल, क्लिनिक, प्रयोगशाला तथा सम्पूर्ण पेसाकर्मीलाई गुणस्तरीय औजार तथा सामान सहजताका साथ उपलब्ध गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “मेलामा नेपालसँगै विभिन्न देशका एक सय ब्राण्डका प्रतिनिधिको ७० कक्ष हुनेछ ।” यही पुस २२, २३ र २४ गते सञ्चालन हुने मेलामा दन्त चिकित्सको सम्मेलनसमेत हुनेछ । एसोसियसनका केन्द्रीय सदस्य हरि वलीले नेपालका १३ र विभिन्न देशका पाँच दन्त चिकित्सकका विशेष सोधपत्रलगायत शैक्षिक प्रस्तुति हुनेछ भन्नुभयो ।

मेलामा देशभरबाट एक हजारभन्दा बढी चिकित्सक, विद्यार्थी तथा तीन हजार दन्त सामग्री वितरक सहभागी हुनेछन् ।


प्रकाशित मिति: २१ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?