Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

जापान र फिलिपिन्ससँग त्रिपक्षीय वार्ता गर्दै राष्ट्रपति बाइडेन


वासिङ्टन डिसी। अमेरिकाका राष्ट्रपति जो बाइडेनले जापानी प्रधानमन्त्री फुमियो किसिदा र फलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोससँग वासिङ्टन डिसीमा अप्रिल ११ मा त्रिपक्षीय शिखर सम्मेलन आयोजना गर्नुहुने ह्वाइट हाउसले घोषणा गरेको छ ।
क्योदो न्युजका अनुसार राष्ट्रपति बाइडेनले किसिदासँग भेट गरेको एक दिनपछि सम्मेलनको आयोजना गरिनेछ । नेताहरूको वार्ताको तयारीका लागि बिहीबार टोकियोमा तीन देशका वरिष्ठ कूटनीतिज्ञहरूको बैठक बस्ने जापानी विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार फिलिपिन्सका राष्ट्रपति मार्कोससँग रात्रिभोज गर्ने कार्यक्रम रहेको छ । “तीन नेताले मित्रताको गहिरो ऐतिहासिक सम्बन्ध, बलियो र बढ्दो आर्थिक सम्बन्ध, साझा लोकतान्त्रिक मूल्यप्रति गर्व र दृढ प्रतिबद्धता तथा स्वतन्त्र र खुला इन्डो–प्यासिफकका लागि साझा दृष्टिकोणमा आधारित त्रिपक्षीय साझेदारीलाई अगाडि बढाउनुहुनेछ”, ह्वाइट हाउसका प्रवक्ता करिन जिन पियरेले भनेका छन् ।
शिखर सम्मेलनले राष्ट्रपति बाइडेनलाई जापान र फिलिपिन्सको संयुक्त राज्य अमेरिकाको ‘मजबुत गठबन्धन’ लाई पुनः पुष्टि गर्न ठूलो अवसर प्रदान गर्ने उल्लेख गर्दै उहाँले बैठकमा यस क्षेत्र र त्यसभन्दा बाहिरको सुरक्षा, उदीयमान प्रविधि, आपूर्ति शृङ्खला र जलवायुका विषय समावेश हुने बताए । “राष्ट्रपति बाइडेनले शिखर सम्मेलनका दिन ह्वाइट हाउसमा राष्ट्रपति मार्कोससँग छुट्टै भेट गर्नुहुनेछ”, उनले भने ।
जापान सरकारका प्रवक्ता योशिमासा हायाशीले मङ्गलबार टोकियोमा त्रिपक्षीय सम्मेलनबारे जानकारी दिए। “कानूनी शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि जापानले संयुक्त राज्य अमेरिका र फिलिपिन्ससँगको त्रिपक्षीय साझेदारीलाई अझ बलियो बनाउनेछ”, उनले पत्रकार सम्मेलनमा भने ।  गत वर्ष जुनमा भएको संयुक्त राज्य अमेरिका, जापान र फिलिपिन्सबीचको त्रिपक्षीय बैठकलाई क्षेत्रीय सुरक्षा अभिवृद्धिमा महत्त्वपूर्ण कदम मान्न सकिन्छ ।
बैठकको करिब एक महिनाअघि राष्ट्रपति बाइडेनले फिलिपिन्सका राष्ट्रपति मार्कोससँग जापानसँग सहयोगको त्रिपक्षीय मोड सुरु गर्न सहमति जनाएका थिए  ।  सो बेला दुवै राष्ट्रपतिले आफ्नो भूमि, समुद्र, आकाश र साइबरस्पेस बलहरूको अन्तरसञ्चालनको नयाँ द्विपक्षीय रक्षा दिशानिर्देशमा पनि सहमति जनाएका थिए
 एएनआई

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?