Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

 शीतलकृष्ण महाराजले हिंसा गरेको र भ्रुण हत्या गराएको पत्नी सुकृति पौडेलकाे आरोप 


काठमाडौं । सुकृति पौडेल भुसालले आफ्नो जीवनमा कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसाललले खेलबाड गरेको र जबरजस्ती डिभोर्स गर्नको लागि दबाब दिएको भन्दै न्याय मागेकी छिन् । पति शीतलकृष्ण भनेर यतिवेला भारतमा लुकेर बसेको पनि पीडित सुकृतिको दाबी छ ।आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई पतिले पटक पटक हिंसा गरेको पनि आरोप लगाईन् ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हाम्रो विवाह भएको तीन वर्ष भयो । विवाहपश्चात् केही महिना राम्रोसँग बित्यो तर पछि उहाँको दुव्र्यवहार र दुश्चरित्रहरु बहिर देखिन र मैले अनुभव गर्न थालें । मैले सो व्यवहारका विषयमा उहाँलाई बारम्बार भन्दापनि उहाँले मलाई रक्ताम्य हुनेगरि कुटपिट गर्ने आदि घट्ना हुन थाले । यतिमात्र नभई मलाई भ्रणहत्या गर्न विवश बनाईयो । म सहँदै गएँ । किनकी विवाहलाइृ निर्वाह यसरी नै गर्नुपर्दो रहेछ की भन्ने लागेर आयो । मैले मेरो पीडा माईती पक्षलाई पनि केही भनिनँ ।’उनले गत २०८० बैशाखमा भारतको उत्तराखण्डमा चारधामको यात्रामा सुमेत आफूहरु दुवै जना सँगै रहेको स्मरण गराईन् ।

उनले भने,‘उहाँको त्यतिवेला व्यवहार सामान्य नै थिायो । तीर्थ यात्रापश्चात् घर फर्केर आएपछि २०८० साउन २३ गते मेरो माईती भरतपुर–५ शमीचोकमा मेरो श्रीमान महाराजाको जन्मोत्सव रात्रिको समयमा भव्उसँग मनाईएको थियो । विहान घर (दलदले नवलपुर) मा बुवालाई भेटेर तिमीलाई लिन आउँछु भनेर जानुभयो । आउनुहोला भनेर प्रतिक्षा गर्दै थिएँ । अकस्मात मलाई छोडपत्र दिने विचारले जिल्ला अदालत नवलपुरमा डिभोर्स फाईल पेश गरेको जानकारी आयो । म यो अप्रत्यासित र अकल्पनीय खबर सुनेर एक्कासी बेहोस भएँ ।’

आफूलाई डिभोर्स दिन बाध्य बनाउन खोजेर पति भने महिनौंसम्म भागेर भारतमा बसेको पनि उनले सुनाईन् । उनले भनिन्–‘पछि महिनौंसम्म भागेर भारतमा गएर बसेको जानकारी पाएँ । हामीले पटक–पटक सल्लाहको लागि आग्रह गर्दा भाइ सौगात भुसााल (जसलाई अदालतमा मेरो श्रीमानले वारेसनामा दिएको छ) पाँच वर्षको च्यालेन्द दिन्छु, मेरो दाई झिकेर देखाउनु भन्दै उल्टै धम्कयाउने कार्य गरे ।’

उनले मन लागुञ्जेलसम्म सँगै बस्ने अनि मन भरिएपछि विभिन्न बहाना गरेर यसै गरेर छोडपत्र गर्दै जाने प्रवृत्ति के उचित हो र ? भन्दै प्रश्नसमेत गरिन् । उनले नारीहरु कुनै खेलौना नभएको पनि स्पष्ट पारिन् ।कार्यक्रममा सामाजिक अभियन्ता जय नारी भनेर चिनिएकी सावित्रा सुवेदीले सुकृतिको लागि न्यायको लागि आवाज उठाईदिन अपिल गरेकी छिन् । उनले धर्मको खोल ओढेर कतिथ धर्मगुरुले श्रीमतीलाई पीडा दिएको भन्दै उसलाई कारबाही गर्नुपर्ने माग गरिन् । उनले भनिन्,‘अपराधीलाई समाजबाट बहिष्कार गर्नुपर्छ ।’

 


प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?