Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

के छ महराले सिआइबीमा गरेको कागजमा?


काठमाडाैं । कृष्णबहादुर महरालाई सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सिआइबीले यसअघि गरेका इलेक्ट्रिक चुरोट (भेप) मार्फत् गरिएको ९ किलो सुन तस्‍करी र ब्रेक शुमार्फत् गरिएको ६० किलो सुन तस्करीको अनुसन्धानमा कमीकमजोरीहरू औंल्याएको थियो।

सिआइबीले गरेको पहिलो चरणकै अनुसन्‍धानमा बाबु कृष्णबहादुर महरा र छोरा राहुलको कनेक्सन चिनियाँ सुन तस्कर दाओजिन वाङसँग देखिएको थियो। त्यतिबेला सिआइबीले लिंक चार्टमात्रै उल्लेख गरी मुद्दा अदालतमा लगेको थियो।

दोस्रो चरणको अनुसन्धान गर्दा भने राहुल महरा पक्राउ परे। दोस्रो चरणको मुद्दा बुझाउनुअघि सिआइबीले कृष्णबहादुर महराको बयान कागज लिएको थियो। महराले फलफूल व्यवसायी दाओजिन वाङलाई सुन तस्करको रूपमा चिनेको बयान दिएका थिए। आफूले लामो समयदेखि चिनजान भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सम्पर्क गरी भेपबारे बुझेको बताएका थिए।

महराले गरेको कागजः

मिति २०७९/०९/१० गते फ्लाइ दुबईको फ्लाइट नम्बर एफजे ०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसङले दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) त्रि.बि.भन्सार कार्यालयमा जफत भएको थियो।

त्यसपश्चात दाओजिन वाङले उक्त सामान त्रि.वि. भन्सार कार्यालयमा पक्राउ परेको तीन दिन भयो, के भएको हो बुझी दिनुपर्यो भनी मलाई भनेका थिए।

मैले त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई पहिलेदेखि चिनेको भएको हुनाले के कसो भएको हो, कानून बमोजिम के गर्न मिल्छ हेरिदिनु होला भनी फोन गरेको हो।

मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत भएको रहेछ, कानून बमोजिम मिल्ने भए सहयोग गरिदिनु भनी अरुण पोखरेलको सम्पर्कमा गएका हुन्।

दाओजिन वाङसँग मेरो पुरानो चिनजान हो, उनले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएका थिए र उनीसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गर्दथ्यो।

योबाहेक उनीसँग अन्य कुनै विषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन भन्ने व्यहोराको कृष्णबहादुर महराको कागज।


प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?