Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

के छ महराले सिआइबीमा गरेको कागजमा?


काठमाडाैं । कृष्णबहादुर महरालाई सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सिआइबीले यसअघि गरेका इलेक्ट्रिक चुरोट (भेप) मार्फत् गरिएको ९ किलो सुन तस्‍करी र ब्रेक शुमार्फत् गरिएको ६० किलो सुन तस्करीको अनुसन्धानमा कमीकमजोरीहरू औंल्याएको थियो।

सिआइबीले गरेको पहिलो चरणकै अनुसन्‍धानमा बाबु कृष्णबहादुर महरा र छोरा राहुलको कनेक्सन चिनियाँ सुन तस्कर दाओजिन वाङसँग देखिएको थियो। त्यतिबेला सिआइबीले लिंक चार्टमात्रै उल्लेख गरी मुद्दा अदालतमा लगेको थियो।

दोस्रो चरणको अनुसन्धान गर्दा भने राहुल महरा पक्राउ परे। दोस्रो चरणको मुद्दा बुझाउनुअघि सिआइबीले कृष्णबहादुर महराको बयान कागज लिएको थियो। महराले फलफूल व्यवसायी दाओजिन वाङलाई सुन तस्करको रूपमा चिनेको बयान दिएका थिए। आफूले लामो समयदेखि चिनजान भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सम्पर्क गरी भेपबारे बुझेको बताएका थिए।

महराले गरेको कागजः

मिति २०७९/०९/१० गते फ्लाइ दुबईको फ्लाइट नम्बर एफजे ०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसङले दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) त्रि.बि.भन्सार कार्यालयमा जफत भएको थियो।

त्यसपश्चात दाओजिन वाङले उक्त सामान त्रि.वि. भन्सार कार्यालयमा पक्राउ परेको तीन दिन भयो, के भएको हो बुझी दिनुपर्यो भनी मलाई भनेका थिए।

मैले त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई पहिलेदेखि चिनेको भएको हुनाले के कसो भएको हो, कानून बमोजिम के गर्न मिल्छ हेरिदिनु होला भनी फोन गरेको हो।

मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत भएको रहेछ, कानून बमोजिम मिल्ने भए सहयोग गरिदिनु भनी अरुण पोखरेलको सम्पर्कमा गएका हुन्।

दाओजिन वाङसँग मेरो पुरानो चिनजान हो, उनले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएका थिए र उनीसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गर्दथ्यो।

योबाहेक उनीसँग अन्य कुनै विषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन भन्ने व्यहोराको कृष्णबहादुर महराको कागज।


प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?