Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

राष्ट्रपति पूर्णाहुती पूजामा सहभागी


काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल विश्व सम्पदा सूचीमा रहेको काठमाडौ स्वयम्भू महाचैत्यको मूल छत्र–गजुर जीर्णाेद्ववार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधिअनुसार शुभसाईतमा गरिने पूर्णाहुती पूजामा सोमबार सहभागी हुनुभएको छ ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आयोजना गरेको सो पूजापछि मूल छत्र गजुर जीर्णाेदवारमा सहयोग गर्ने १० जनालाई राष्ट्रपति पौडेलले प्रशंसापत्रसमेत वितरण गर्नुभएको थियो । महाचैत्यको मूल छत्रमा २०७९मा आएको हावाहुरीका कारण क्षति पुगेको थियो ।

यसैबीच राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलका साथमा स्वयम्भू क्षेत्रमा रहेको हारती माताको समेत पूजा गर्नुभएको थियो ।


प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?