Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

नर्स हत्या प्रकरण: मृत अवस्थामा भेटिए प्रेमी


विराटनगर । नोबेल अस्पतालमा कार्यरत नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरिएका उनका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि विराटनगर स्थित होटल फाइन को एउटा कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

तीन दिनअघि मृत अवस्थामा फेला परेकी सिरहा घर भएकी २५ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न रहेको संकेतका आधारमा प्रहरीले खोजी गरिरहेका २२ वर्षीय शिवशंकर दास होटलमा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ ।

नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । त्यहीँ उनको कोठाको शौचालयमा उनी गत शुक्रबार मृत अवस्थामा फेला परेकी थिइन् । घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमी शिवशंकरले उनको हत्या गरेको केही संकेत पाएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो ।


प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?