Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

गण्डकीमा ट्वीस्टः मध्यावधि रोक्न मनाङेले त्यागे नेकपा एस !


पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले एकीकृत समाजवादी त्यागेका छन् । उनी स्वतन्त्र रूपमा निर्वाचित भएर समाजवादी प्रवेश गरेका थिए । तर केन्द्रमा भएको राजनीतिक समीकरणको फेरबदलपछि उनले पार्टी छोडेका हुन् ।

उनले प्रदेशसभा सचिव हरिराज पोखरेललाई दल त्याग गरेको जानकारी गराएका छन् । ‘स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु,’ उनले भनेका छन् ।

उनले केन्द्रको गठबन्धनले पनि एमाले र माओवादीलाई गण्डकीमा बहुमत पुर्‍याउन सहज नहुने बताएका छन् । नयाँ गठबन्धनले पनि बहुमत नपुर्‍याउँदा प्रदेश मध्यावधिमा जान सक्ने भएकोले मध्यावधि रोक्न आफूले पहल गर्ने बताए ।


प्रकाशित मिति: ४ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?