Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

गर्मीसँगै आलस्यताले सतायाे? अपनाउनुहाेस यी प्रभावकारी उपायहरू


गर्मी मौसममा शरिर आलस्य हुनु अल्छि लाग्नु स्वभाविक हो । तर कतिपयमा यो आलस्यता र अल्छिपना काममा पनि देखाउने बानि हुन्छ । उनीहरु तत्कालै गर्नु पर्ने कुनै काम नगरेर पछिका लागि टार्ने गर्छन् । जो बिस्तारै बानी बनिदिन्छ । यसैले मानिसलाई अल्छे बनाउँछ ।

अल्छे मानिसले जीवनमा कहिल्यै सफलता पाउँदैन । यस्तो मानिस बढि निराशावादी हुन्छन् । यहाँ केही उपाय छन् जसले आलस्य र अल्छिपन हटाउन सक्छ ।

– छोटो विश्राम लामो समयसम्म बसेर गर्ने काम छ भने केही समयको अन्तरालमा छोटाछोटा विश्राम लिनु पर्दछ । हरेक ४५ मिनेट वा १ घण्टाको काम पछि पाँच मिनेट विश्राम लिनु उपयुक्त मानिन्छ । यसले पनि अल्छी लाग्ने बानी हट्छ ।

– काममा हुदाँ मोबाइल साइलेन्ट आजकल धेरै मानिस सामाजिक सञ्जालमा घण्टौं बिताउँछन् । उनीहरुमा कामको समयमा पनि घरिघरि मोबाइल हेर्ने बानी हुन्छ । यसले काममा त बाधा पुग्छ नै मानिस पनि अल्छि हुदैँ जान्छ । त्यसैले काम गर्दा मोबाइल साइलेन्टमा राख्ने वा सामाजिक सञ्जाल बन्द गर्न पर्दछ ।

– हिड्ने बानी लगाउने धेरै मानिस बिहान उठेर हिड्न अल्छि मान्छन् । तर अल्छे स्वभाव हटाउन यो बानी बसाउन आवश्यक छ । बिहान उठेर हिड्दा स्वास्थ्यमा पनि लाभ गर्छ । यदि दौडिन अल्छी लाग्छ भने बिस्तारै हिड्ने र क्रमशः दौडिने बानी लगाए आलस्य भाग्छ । एजेन्सी


प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?