Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

भक्तपुरमा दुई दिने सन्त समागम आयोजना हुने


सन्जिव दुलाल, भक्तपुर । भक्तपुरमा दुई दिने सन्त समागम आयोजना हुने भएको छ । सन्त निरंकारी मण्डल नेपालको आयोजनामा यही चैत्र ३ र ४ गते सो सत्संघ आयोजना हुने भएको हो । सन्त निरंकारी मण्डल नेपालले आज पत्रकार सम्मेलन आयोजना गर्दै ‘२३ औं निरंकारी सन्त समागम नेपाल’ दुई दिनसम्म चल्ने जानकारी दिएको छ । उक्त कार्यक्रमका लागि १२०० जना स्वयंसेवक खटाइएको आयोजकले जनाएका छन् ।

सत्संघमा उपस्थित भएका मानिसहरुका लागि निःशूल्क खाने बस्ने व्यवस्था, यातायात, पानी, ५०० वटा शौचालय आदिको व्यवस्था रहने र अन्य किसिमका खानेकुराका लागि सस्तो मूल्यमा क्यान्टिनसमेत रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए । सल्लाघारीको चौरको १०८ रोपनि जग्गामा उक्त कार्यक्रम आयोजना हुने आयोजकले जनाएका छन् । उक्त कार्यक्रमका लागि स्वयंसेवकहरुले निःशूल्क सफा गरि पण्डाल लगाएको र सो हटाएपछि सबै सफा गरेर मात्र छोड्ने निरंकारी मण्डलका उपत्यका क्षेत्रीय सञ्चालक बाबुराज महर्जनले जानकारी दिए । सो कार्यक्रमका लागि १० हजार भारतीय र करिब ५ हजार नेपालीको उपस्थिति रहने आयोजकले जनाएका छन् ।

कार्यक्रममा उपस्थित हुनेहरु स्वेच्छाले आफ्नै खर्चमा आएको र कार्यक्रम पनि कतैको फन्डिङ नभइ स्वेच्छिक दानबाट सञ्चालन हुने आयोजकको दाबी छ । १०० भन्दा बढी देशमा विभिन्न नामबाट रहेको सन्त निरंकारी मिसनको नेपालका ३९ जिल्लामा १२५ सत्संघ भवन रहेका छन् । भोलिबाट सुरु हुने कार्यक्रम नेपालमा पहिले पनि आयोजना भएका भएतापनि यसपटकको भने नेपालमा आयोजना भएकामध्ये सबैभन्दा भव्य रहने आयोजकको अपेक्षा छ । यसअघि सन्त समागममा सन्त निरंकारी मिशनले समाज कल्याणका लागि निःशूल्क स्वास्थ्य जाँच एवं रक्तदान शिविर समेत सञ्चालन गरेको थियो । मिसनका माध्यमबाट भूकम्प पीडितलाई राहत दिँदै आइएको छ । मिसन अन्तर्गतका विभिन्न संस्थाहरुले खोलानदी, मसानघाट लगायतका स्थान सफा गरि वातावरण प्रवद्र्धनमा समेत सहयोग पुर्याउँदै आएको छ ।


प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?