Trending
>>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

राष्ट्रिय सभा अध्यक्षले लिए शपथ,सम्हाले कार्यभारः पहिलो निर्णय सांसदलाई प्रशिक्षण दिने


काठमाडाैं । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यक्ष दाहालले पद तथा गोपनीयताको शपथ लिएका हुन्। माओवादी नेतासमेत रहेका दाहाल राष्ट्रिय सभामा सरकारबाट मनोनीत सांसद थिए। ५७ सांसद उपस्थित राष्ट्रिय सभाको आजको बैठकमा दाहालले ३९ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ गरेलगत्तै दाहालले पदभार ग्रहण गरेका हुन्। कार्यभार सम्हाल्दै उनले पहिलो निर्णयका रूपमा सांसदलाई प्रशिक्षण दिने निर्णयमा हस्ताक्षर गरेका छन्। प्रश्न राख्नकै निम्ति मात्रै नभई रूपान्तरणका लागि प्रश्न गर्नुपर्ने भन्दै उनले यस्तो निर्णय गरेको प्रस्ट पारे।


प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?